Author: संचार पत्र

बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द

बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाएर बाटो खुलाउने प्रयास भैरहेको छ । नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भैरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ति आइतवारदेखि एकतर्फी खुलाइएको थियो । हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ । ...
चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदै गरेकाे विजयादशमी, दीपावली र छठ पर्वमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन, व्यवसायी र यात्रुहरूको समन्वयमा बुटबल बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।सोमबार गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले यात्रुहरूलाई सहज होस् र दुर्घटना ननिम्तियोस् भन्ने उद्देश्यले यातायात कक्ष राखिएको बताएका छन्।कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यात्रु लगायत नागरिकलाई यात्रामा सहजता होस्, दुर्घटना लगायतका समस्या नआओस् भनी उक्त सहायता कक्षको स्थापना गरिएको बताएका छन्। प्रहरी उपरिक्षक शर्माले विविध समस्याका बावजुद पनि देश र जनता नै सर्वोपरि हुन् भन्ने आफूहरूको धर्म बमोजिम पर्वहरूमा आवतजावत गर्न यात्रुहरू स्वभाविक बढी हुने र केही कस...
रूपन्देही विद्युतीय व्यवसायी सङ्घद्वारा शुभकामना आदानप्रदान

रूपन्देही विद्युतीय व्यवसायी सङ्घद्वारा शुभकामना आदानप्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देही विद्युतीय व्यवसायी सङ्घले आउँदै गरेका महत्वपूर्ण पर्व विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।सोमबार सङ्घको सचिवालय तिलोत्तमाको भलवाडीमा आयोजित कार्यक्रममा शुभकामना साटासाट गर्दै व्यवसायीहरूले अहिले सिर्जना भएको देशको वातावरणले देश र नागरिकका हितका लागि राम्रो गर्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। साथै वक्ताहरूले आउँदै गरेका महत्त्वपूर्ण पर्वहरूले सम्बद्ध व्यवसायीहरूको व्यवसाय, परिवार ,समाजमा सकारात्मक परिणाम ल्याओस् पनि कामना गरेका छन्। रुपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्तराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अनन्तमान थैवले देशको राजनीतिमा अहिले नयाँ परिदृश्य देखिएको र यसले समग्र देश र नागरिकसँगै संस्थामा आबद्ध व्यवसायीको पनि हित हुनेमा विश्वास रहेको बताए।अहमता, नक...
मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
६ असोज, काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका समाचार सार्वजनिक भएका थिए । यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोत बताउँछ । ...
दशैं सुरु, आज घटस्थापना

दशैं सुरु, आज घटस्थापना

Breaking news 1, ताजा अपडेट
६ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । ...
१ सय २० अर्ब खर्च कटौती गर्ने मन्त्रिपरिषद्काे निर्णय, पुनर्निर्माण कोष र समिति गठन गरीने

१ सय २० अर्ब खर्च कटौती गर्ने मन्त्रिपरिषद्काे निर्णय, पुनर्निर्माण कोष र समिति गठन गरीने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै यसबारे बताए।गृहमन्त्री अर्यालका अनुसार सरकारले खर्च कटौती गर्ने उद्देश्यले ३ करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएको रकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरेको छ । साथै आयोजना बैंकमा प्रविष्टि नगरेका वा 'अर्थ मन्त्रालयको सूचना प्रणालीमा प्रविष्ट गरेर आगामी बजेटमा पछि प्रविष्टि गरिनेछ' भनिएका आयोजनाहरू र राजनीतिक दबाबमा राखिएका आयोजनाहरूका लागि छुट्याइएको रकम पनि रोक्का गरिएको छ ।यसरी खर्च कटौती गर्दा करिब १२० अर्ब रुपैयाँ चालू खर्चसमेत बच्न सक्ने देखिएको छ । रोक्का राखिएको उक्त रकमबाट ...
अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित

अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्। आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।उनले भने, ‘क्षतिका कुरा कति गरौँ? राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौती अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेका छौँ।’ देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेको उनको भनाइ थियो। २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित रहेको जानकारी पनि उनले दिए। उनले भने, ‘करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार ज...
मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तुइनखोलामा शुक्रबार साँझ पहिरो खसेपछि डोजरको सहयोगमा शनिबार बिहान पहिरो पन्छाइँदै । तस्बिर ÷रासस काठमाण्डौ – अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरी...
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ असोज, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्...
जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन् ।नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए । ‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को-को उभिनुपर्छ भन्ने देखिनेछ ।’-उनले भने, न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा-बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने...