अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित


काठमाडौँ

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।
उनले भने, ‘क्षतिका कुरा कति गरौँ? राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौती अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेका छौँ।’

देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेको उनको भनाइ थियो। २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित रहेको जानकारी पनि उनले दिए।

उनले भने, ‘करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ। बाँकी रहेका २२ हजार मिसिलको प्राप्तिमा बार एसोसिएसन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत् रूपमा सञ्चालन गर्ने तयारीमा सर्वोच्च अदालत रहेको बताए। न्याय सम्पादनमा मनोबल महत्त्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदादतमा इजलासहरू पालमुनि चलाएको भन्दै योभन्दा विडम्बनापूर्ण स्थिति केही नहुने उनको धारणा थियो।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...