अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित


काठमाडौँ

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।
उनले भने, ‘क्षतिका कुरा कति गरौँ? राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौती अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेका छौँ।’

देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेको उनको भनाइ थियो। २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित रहेको जानकारी पनि उनले दिए।

उनले भने, ‘करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ। बाँकी रहेका २२ हजार मिसिलको प्राप्तिमा बार एसोसिएसन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत् रूपमा सञ्चालन गर्ने तयारीमा सर्वोच्च अदालत रहेको बताए। न्याय सम्पादनमा मनोबल महत्त्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदादतमा इजलासहरू पालमुनि चलाएको भन्दै योभन्दा विडम्बनापूर्ण स्थिति केही नहुने उनको धारणा थियो।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...