जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य


अर्घाखाँची
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन् ।
नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए । ‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को-को उभिनुपर्छ भन्ने देखिनेछ ।’-उनले भने, न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।
आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा-बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने थलो हो ।’-उनले भने, के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिकाउन जरुरी छ ।

मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना गरिएको उल्लेख गर्दै उनले यस्ता परिस्थितिको सामना गर्न पार्टीपंक्ति तथा नागरिकस्तरमा सहकार्य आवश्यक रहेको धारणा राखे । नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भन्दै सम्झौता गरेको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरी विषम परिस्थिति सिर्जना गरिएको मुख्यमन्त्री आचार्यको दावी छ । ‘लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भनेर सम्झौता गरे । त्यसको विरोध नगरी मुखदर्शक बनेर समर्थन गरेर बसेको भए केपी शर्मा ओलीको सरकार पनि अपदस्त हुने थिएन । आज मुलुकमा यस्तो विषम परिस्थिति सिर्जना हुने पनि थिएन । यो कुरा त हामी सबैले पक्कै पनि बुझेका छौँ भन्ने लागेको छ ।’-उनले भने, सामाजिक सञ्जाल बन्द नभएको भए पनि यो घटना घटाउने थिए । यो तानाबाना अलि पहिला नै बुनिएको रहेछ । अब सबै कुरा खुल्दैजानेछन ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...