अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड
बुटवलअखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देहीको ११ औँ जिल्ला सम्मेलन "सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य टुकाभद्र हमालले महिलाहरूलाई अब ३३ प्रतिशत अधिकारले मात्र नपुग्ने बताईन् । "स्थानीय तह र पालिकास्तरका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिताले पूर्णता पाउनुपर्ने , यसलाई आगामी २०८४ को चुनावबाटै व्यवहारमा लागू गर्नुपर्छ ।"हमालले बालिका गरिमा चौधरीको हत्यारालाई हदैसम्मको कारबाही गर्न माग समेत गरेकी थिइन् । उनले महाधिवेशन र अधिवेशनको जनादेशलाई अवमूल्यन गर्दै छोटो अवधिमै पुनर्गठनको नाममा पार्टीभित्र अस्थिरता ल्याउन नहुनेमा जोड दिँदै अहिलेकै अवस्थामा पार्टी र संगठनलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा व्यक्त गरिन्।सम्मेलनमा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प...








