एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै


काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ ।

लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो । त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा जीत महत्वपूर्ण छ । लुम्बिनी ६ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । विराटनगर समान ६ खेलमा ६ अंकसहित पाँचौ स्थानमा छ ।

हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । पहिलो संस्करणको च्याम्पियन जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिएका छन् ।

सुदूरपश्चिमले हिजो भएको खेलमा काठमाण्डौ गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफमा पुगेको छ । सुदूरपश्चिम ७ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एनपीएल तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुश्किल भइरहेको देखिन्छ ।

ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् । हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ

छुटाउनुभयो कि ?

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौंदुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गर...
पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

काठमान्डौँपाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रक...
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्...