Author: संचार पत्र

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हु...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै एमालेका युवा फेसबुकमा मात्रै नभएको बताए। उनले भने, ‘फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेको केही पनि छैन। रित्तै भइसक्यो एमाले। त्यसको तल झूट भनेर लेख्नुपर्थ्यो। त्यो कमजोरी छ हाम्रो। त्यति त लेख्न सक्नुपर्‍यो नि।’ उनले एमाले देश बनाउने आशा र भरोसाको केन्द्र भएको जिकिर गरे।ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्। ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्। ‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ उनले भने, ‘...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । ‘प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न भयो । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’ हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता ...
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ ।बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गन देशभरीका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्म...
कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ...
प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले सिराहा नगरपालिका वडा- ४ घर भइ हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको हो । अब उक्त लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्। ...
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
मिलन गाहाबुटवलरुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नोबलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर...
मधेस प्रदेशमा ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशमा ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँमधेस प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर उनको नियुक्ति गरेका हुन्।
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई...