कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम



काठमाडौँ

कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए
‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।
उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ ।
कुलमान घिसिङ अहिले पार्टीको नेतृत्वमा नबस्ने योजना बनाएका छन् । घिसिङ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री छन् । कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन् । उक्त पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ।

त्यस्तै पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने( ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...