Author: संचार पत्र

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा। महतले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय कांग्रेसले गरेको छ । ...
भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय

भदौ २३ लाई ‘जेनजी शहिद दिवस’ का रुपमा मनाउने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहीद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छत्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले श्रीलंकामा हालैको ...
पार्टीभित्र ओली सरह सर्वस्वीकार्य नेता छैन – सूर्य थापा

पार्टीभित्र ओली सरह सर्वस्वीकार्य नेता छैन – सूर्य थापा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रूपन्देहीनेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन्। उनले ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताए। प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले महाधिवेशनमा ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखे। विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागिपरेको जनाउँदै अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्ने भएकाले ओलीको विकल्प खोज्ने कुरा नहुने बताए। 'आन्तरिक प्रतिस्पर्धा भए पनि ११ औं महाधिवेशनले ओलीकै नेतृत्व चुन्छ,' उनले भने। पार्टीभित्र भइरहेको ओली विरूद्धको मोर्चाबन्दी निस्तेज पारिने भन्दै उनले केपी ओलीलाई टक्कर दिने कोही नभएको बताए। 'पार्टीभित्र केपी ओलीलाई टक्कर द...
नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’ ...
मौद्रिक नीति समीक्षा : ब्याजदर करिडोरमा समायोजन

मौद्रिक नीति समीक्षा : ब्याजदर करिडोरमा समायोजन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार ब्याजदर करिडोरमा समायोजन गरिएको छ ।ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाइएको छ । करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा दर भने २.७५ प्रतिशतमा यथावत् राखिएको छ । ...
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ७५ मतदानस्थल थप, आयोगले ९३ खारेज गर्‍यो

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ७५ मतदानस्थल थप, आयोगले ९३ खारेज गर्‍यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बढी सहज र व्यवस्थित बनाउन निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन गरेको छ। लामो समयदेखि अपायक, जीर्ण वा प्रयोगहीन बनेका मतदानस्थललाई व्यवस्थित गर्दै आयोगले नयाँ संरचना तयार पारेको हो। आयोगको आइतबार बसेको बैठकले १६८ नयाँ मतदानस्थल थप्ने र ९३ पुराना मतदानस्थल खारेज गर्ने** निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार मतदाताको पहुँच र सुविधा हेरी स्थानान्तरण तथा समायोजनसमेत गरिएको छ। यससँगै देशभर कायम मतदानस्थल संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको छ। पुनरावलोकनका क्रममा धेरै ठाउँमा मतदानस्थानको नाम, ठेगाना तथा विवरणका त्रुटि सच्याइएको आयोगले जनाएको छ। त्यसैगरी, केही ठाउँमा मतदातालाई नजिक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गरिएको छ भने कतिपय मतदानस्थललाई साबिककै अर्को उप...
बाढीपहिरोबाट प्रभावितका लागि नेपालले श्रीलंकालाई दियो दुई लाख डलर सहयोग

बाढीपहिरोबाट प्रभावितका लागि नेपालले श्रीलंकालाई दियो दुई लाख डलर सहयोग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ । एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ । ...
रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु

रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीक एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् ।‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’उनले भने । अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक मेशिन हो, मलाई सूचना भएसम्म यो तहको मेशिन नेपालमै पहिलो हो’ उनले भने ।लामो समय सरकारी स्वास्थ्य सेवामा काम गरेका उनले बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा...
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ

भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौ भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुवै पक्षका तर्क सुनिनेछ । मन्त्रिपरिषद्ले असोज २३ गते भूमि समस्या समाधान आयोग तथा त्यसका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष रिजाल सर्वोच्च अदालत पुगेका थिए । रिट दर्ता भएपछि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कात्तिक १२ गते सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो । सोही अनुसार सरकारले आयोग खारेज गर्ने निर्णय औचित्यपूर्ण र...
एमाले महाधिवेशन : लुम्बिनीका अधिकांश जिल्लामा ओली पक्ष बलियो

एमाले महाधिवेशन : लुम्बिनीका अधिकांश जिल्लामा ओली पक्ष बलियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । १२ मध्ये रोल्पा बाहेक ११ जिल्लामा प्रतिनिधि चयन भइसकेका छन् । समग्र परिणाम हेर्दा लुम्बिनी प्रदेशभर संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि प्रदेशबाट तोकिएका १९० प्रतिनिधिमध्ये अधिकांश ठाउँमा ओली पक्षकै उम्मेदवार विजयी भएका छन् । रोल्पामा खुला र महिला तर्फ सहमति जुट्न नसकेपछि आज निर्वाचन जारी छ । लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ सङ्गठित सदस्य रहेको छ । यिनै सदस्यले भूगोल, कमिटी र जनसङ्गठनमार्फत प्रतिनिधि छनोट गरेका हुन् । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार रोल्पाका केही क्लस्टर बाहेक सबै जिल्लामा समयमै प्रतिनिधि चयन सकिएको छ । धेरै जिल्लामा सर्वसम्मत र केही जिल्लामा निर्वाचन...