भूमि आयोग खारेजीविरुद्ध दायर रिटमा आज सर्वोच्चमा सुनुवाइ


काठमान्डौ

भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा दुवै पक्षका तर्क सुनिनेछ ।

मन्त्रिपरिषद्ले असोज २३ गते भूमि समस्या समाधान आयोग तथा त्यसका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष रिजाल सर्वोच्च अदालत पुगेका थिए । रिट दर्ता भएपछि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कात्तिक १२ गते सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो ।

अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो । सोही अनुसार सरकारले आयोग खारेज गर्ने निर्णय औचित्यपूर्ण रहेको दाबीसमेत राख्दै जवाफ पेश गरिसकेको छ ।

अन्तरिम आदेश कायम रहने–नरहने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाउने अदालतको आदेशअनुसार करिब एक महिनापछि आज सुनुवाइको प्रक्रिया अघि बढ्न लागेको हो ।
हाल आयोगको केन्द्रीय कार्यालय तथा ७७ वटै जिल्लामा गरी साढे तीन सयभन्दा बढी पदाधिकारी तथा सदस्य, साथै झण्डै ११ सय कर्मचारी कार्यरत रहेको आयोगले जनाएको छ । पदाधिकारीलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो ।

त्यसैगरी ११ लाखभन्दा धेरै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले भूमि समस्याको समाधानका लागि आयोगमा निवेदन दिएको अवस्थामा सरकारले प्रतिशोधपूर्ण ढंगले आयोग खारेज गरेको दाबी पनि रिटमा गरिएको छ ।

रिटमा अदालतले अग्राधिकार प्रदान गरेकोले सामान्यतया आजै अन्तरिम आदेश जारी हुने/नहुने निर्णय हुने सम्भावना देखिन्छ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...