एमाले महाधिवेशन : लुम्बिनीका अधिकांश जिल्लामा ओली पक्ष बलियो


बुटवल

नेकपा एमालेको ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । १२ मध्ये रोल्पा बाहेक ११ जिल्लामा प्रतिनिधि चयन भइसकेका छन् । समग्र परिणाम हेर्दा लुम्बिनी प्रदेशभर संस्थापन पक्ष अर्थात् अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ ।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि प्रदेशबाट तोकिएका १९० प्रतिनिधिमध्ये अधिकांश ठाउँमा ओली पक्षकै उम्मेदवार विजयी भएका छन् । रोल्पामा खुला र महिला तर्फ सहमति जुट्न नसकेपछि आज निर्वाचन जारी छ ।

लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १३५ सङ्गठित सदस्य रहेको छ । यिनै सदस्यले भूगोल, कमिटी र जनसङ्गठनमार्फत प्रतिनिधि छनोट गरेका हुन् । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार रोल्पाका केही क्लस्टर बाहेक सबै जिल्लामा समयमै प्रतिनिधि चयन सकिएको छ ।

धेरै जिल्लामा सर्वसम्मत र केही जिल्लामा निर्वाचनबाट प्रतिनिधि छानिए पनि दाङ र बाँकेमा चाहिँ विवाद बढेको छ । असन्तुष्ट समूहका नेताहरूले ‘क्षेत्राधिकार मिचेर, विधि विपरीत एकलौटी ढङ्गले प्रतिनिधि छानिएको’ भन्दै केन्द्रमा उजुरी गरेका छन् ।

यसबीच, दाङ र बाँके बाहेकका अधिकांश जिल्लाबाट संस्थापन पक्षकै उम्मेदवार भारी मतसहित चयन भएको एमालेभित्रै ईश्वर पक्षमा बोल्ने नेताहरूले पनि स्वीकारेका छन् ।

लुम्बिनीमा एमाले केन्द्रीय नेतृत्वका सातजना शीर्ष पदाधिकारी छन् । उपाध्यक्षद्वय विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा तथा निलम्बित सचिव टोपबहादुर रायमाझी यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।

यीमध्ये अधिकांश संस्थापन पक्षमै उभिएका कारण प्रतिनिधि छनोटमा पनि त्यही प्रभाव देखिएको छ ।

पहिले जिल्लामा विष्णु पौडेल र शंकर पोखरेल पक्ष छुट्टिए पनि अहिले केन्द्रमै एउटै लाइनमा बसेपछि स्थानीय तहमा गुट व्यवस्थापनमा चुनौती आए पनि परिणाम अन्ततः संस्थापन पक्षकै पक्षमा खुलेको विश्लेषण गरिएको छ ।
लुम्बिनीबाट यसपटक सर्वाधिक प्रतिनिधि रुपन्देहीले चयन गरेको छ । रुपन्देहीबाट ३४ जना छानिएका छन् भने गुल्मी – २०, बर्दिया – १५, कपिलवस्तु – १५, पाल्पा – १४, अर्घाखाँची – १३, पश्चिम नवलपरासी – ११, प्युठान – आठ र पूर्वी रुकुमबाट पाँच जना प्रतिनिधित्व छानिएका छन् ।

पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत चयन भएको छ । रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र अर्घाखाँचीमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो ।

दाङमा ‘मतदाता नामावली र निर्वाचन तालिका नै प्रकाशन नगरी एकलौटी निर्णय’ भएको भन्दै प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले केन्द्रीय संगठन विभागमा उजुरी दर्ता गरेका छन् ।

प्रदेश प्रचार विभाग उपप्रमुख सरिता सुवेदीले पनि ‘मापदण्ड बाहिर गएर प्रतिनिधि छानिँदा समस्या भएको’ बताएकी छन् ।

प्रदेश अध्यक्ष कँडेलका अनुसार दाङ–बाँकेको विवादबारे केन्द्रलाई जानकारी गराइसकिएको छ र आवश्यक परे ती जिल्लामा प्रतिनिधि पुनः छान्न सकिनेछ ।

रोल्पामा खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन् । खुलामा ३ र महिलामा ४ उम्मेदवार परेपछि अहिले मतदान भइरहेको छ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...