प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ७५ मतदानस्थल थप, आयोगले ९३ खारेज गर्‍यो


काठमाडौँ
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बढी सहज र व्यवस्थित बनाउन निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन गरेको छ। लामो समयदेखि अपायक, जीर्ण वा प्रयोगहीन बनेका मतदानस्थललाई व्यवस्थित गर्दै आयोगले नयाँ संरचना तयार पारेको हो।

आयोगको आइतबार बसेको बैठकले १६८ नयाँ मतदानस्थल थप्ने र ९३ पुराना मतदानस्थल खारेज गर्ने** निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार मतदाताको पहुँच र सुविधा हेरी स्थानान्तरण तथा समायोजनसमेत गरिएको छ।

यससँगै देशभर कायम मतदानस्थल संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको छ। पुनरावलोकनका क्रममा धेरै ठाउँमा मतदानस्थानको नाम, ठेगाना तथा विवरणका त्रुटि सच्याइएको आयोगले जनाएको छ।

त्यसैगरी, केही ठाउँमा मतदातालाई नजिक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गरिएको छ भने कतिपय मतदानस्थललाई साबिककै अर्को उपयुक्त स्थानमा समायोजन गरिएको छ।

आगामी निर्वाचनमा मतदाताले सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यसँगै आयोगको यो निर्णय महत्वपूर्ण मानिएको छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...