प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ७५ मतदानस्थल थप, आयोगले ९३ खारेज गर्‍यो


काठमाडौँ
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बढी सहज र व्यवस्थित बनाउन निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन गरेको छ। लामो समयदेखि अपायक, जीर्ण वा प्रयोगहीन बनेका मतदानस्थललाई व्यवस्थित गर्दै आयोगले नयाँ संरचना तयार पारेको हो।

आयोगको आइतबार बसेको बैठकले १६८ नयाँ मतदानस्थल थप्ने र ९३ पुराना मतदानस्थल खारेज गर्ने** निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार मतदाताको पहुँच र सुविधा हेरी स्थानान्तरण तथा समायोजनसमेत गरिएको छ।

यससँगै देशभर कायम मतदानस्थल संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको छ। पुनरावलोकनका क्रममा धेरै ठाउँमा मतदानस्थानको नाम, ठेगाना तथा विवरणका त्रुटि सच्याइएको आयोगले जनाएको छ।

त्यसैगरी, केही ठाउँमा मतदातालाई नजिक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गरिएको छ भने कतिपय मतदानस्थललाई साबिककै अर्को उपयुक्त स्थानमा समायोजन गरिएको छ।

आगामी निर्वाचनमा मतदाताले सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यसँगै आयोगको यो निर्णय महत्वपूर्ण मानिएको छ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...