आफ्नो सम्मान र स्वाभिमानलाई नमेटाई सहकार्य गर्न तयार छौं : घिसिङ
पोखराउज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् ।आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले धेरै समुह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने बताएका छन् ।आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमति पछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो । कुलमानले रवि लामिछानेसँग बालेनको सहमति प्रति असहमति राखेका छन् ।
...








