अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी
बुटवलआउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ ।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् ।
उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ ।
अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ ...








