गगन र विश्वप्रकाशलाई काउन्टर दिने संस्थापन पक्षको तैयारी


काठमाडौं
नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।काठमाडौं । नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ ।
सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् ।

यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरेका छन् । सो भेटमा कोइरालाले पार्टीलाई विभाजन हुनबाट रोक्न र विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।

आजै काँग्रेसमा देखिएको ध्रुविकरणका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्दै छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...