गगन र विश्वप्रकाशलाई काउन्टर दिने संस्थापन पक्षको तैयारी


काठमाडौं
नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।काठमाडौं । नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ ।
सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् ।

यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरेका छन् । सो भेटमा कोइरालाले पार्टीलाई विभाजन हुनबाट रोक्न र विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।

आजै काँग्रेसमा देखिएको ध्रुविकरणका विषयमा छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्दै छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...