भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका
काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ।
कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ।नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवले दिएको जानकारीअनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रियाअनुसार आवश्यक सबै काम भइरहेको छ।उनका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। ...








