स्थानीय निर्वाचनका लागि आयोगले थाल्यो तयारी, आज दलहरुसँग छलफल



काठमाडौँ
निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो ।
आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।
आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए ।
प्रवक्ता भट्टराईले भन्नुभयो, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो ।”
राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।
निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

छुटाउनुभयो कि ?

कालिकाका शिशिर एमबीबीएस छात्रवृत्तीमा टप १० मा, १८ जनाले निकाले पूर्ण छात्रवृत्तिमा नाम

कालिकाका शिशिर एमबीबीएस छात्रवृत्तीमा टप १० मा, १८ जनाले निकाले पूर्ण छात्रवृत्तिमा नाम

बुटवल बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिकानगरमा रहेको कालिका मानवज्ञान मावि बाट चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमब...
पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर मागेको वर पुरा हुने विश्वास

पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर मागेको वर पुरा हुने विश्वास

बुटवलपाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा...
प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने

प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ ।परराष्ट्र ...
सुनको मूल्य एकैदिन १२ हजार २ सयले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४सय

सुनको मूल्य एकैदिन १२ हजार २ सयले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४सय

काठमाडौंनेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ...