२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमालेको दुईदिने राष्ट्रिय भेला



काठमाडौं
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ ।
बुधबार सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए ।
भेलाले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्ने संकल्प गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोट गरेको छ ।

करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक विषयमा २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित संकल्प प्रस्ताव प्रचार विभागले एकीकृत गरिसकेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका छन् ।

भेला सकिएसँगै प्रतिनिधि तथा नेताहरू खाना खान थालेका छन् । खाना खाइसकेपछि केन्द्रीय कमिटी बैठक सुरु हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले बाँकी केही नेताहरूको कार्यविभाजनका विषयमा छलफल गर्ने बताइएको छ ।

छुटाउनुभयो कि ?

तिलोत्तमामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु: लगानीमैत्री वातावरण निर्माणमा जोड

तिलोत्तमामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु: लगानीमैत्री वातावरण निर्माणमा जोड

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा तिलोत्...
‘वेश्यावृत्ति’ शब्द विद्येयकबाट हटाउन सांसदको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

‘वेश्यावृत्ति’ शब्द विद्येयकबाट हटाउन सांसदको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

काठमाडौँसांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी ...
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमालेको दुईदिने राष्ट्रिय भेला

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमालेको दुईदिने राष्ट्रिय भेला

काठमाडौं२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सकिएको छ ।बुधबार सुरु भएको भेलामा अध्यक्ष क...
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

काठमाडौंप्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उ...