अहिलेको प्रतिस्पर्धा मुलुक वनाउने र जलाउने विच रहेको छ: प्रदिप ज्ञवाली
बुटवलनेकपा एमालेको गुल्मी क्षेत्र नम्वर १ बाट एकल उम्मेदवारको सिफारिसमा परेका पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको प्रमुख प्रतिस्पर्धा मुलुक वनाउने र मुलुक जलाउने विच हुने हुनाले आम मतदाता सचेत र संयमित रहनु पर्ने धारणा राखेका छन् ।नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै ज्ञवालीले अहिलेको विषम परिस्थितिमा मुलुकको भाग्य र भविष्य बदल्न सक्ने पार्टी एमाले भएको वताएका छन्।अहिलेको परिस्थिति आउनु देशका पश्चगामी, अस्थिरता चाहने देश भित्रका र अन्तर्राष्ट्रिय शक्तिहरुको कुदृष्टिका कारण रहेको वताए।एमालेले गरेका कामहरुको जानकारी जनतामाझ नपुग्नू, विधी विधानमा नभई पपुलिज्म,लहडमा चल्नु जस्ता विकृति अहिलेको परिस्थितीमा देखिएकोले आमनागरिक र मतदाता सचेत र संयमित हुन आग्रह गरेका छन्।ज्ञवालीले व्यक्ति कतिपटक भन्दा काम कति भयो भन्नेमा महत्वदिन आव...








