अहिलेको प्रतिस्पर्धा मुलुक वनाउने र जलाउने विच रहेको छ: प्रदिप ज्ञवाली



बुटवल
नेकपा एमालेको गुल्मी क्षेत्र नम्वर १ बाट एकल उम्मेदवारको सिफारिसमा परेका पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको प्रमुख प्रतिस्पर्धा मुलुक वनाउने र मुलुक जलाउने विच हुने हुनाले आम मतदाता सचेत र संयमित रहनु पर्ने धारणा राखेका छन् ।
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै ज्ञवालीले अहिलेको विषम परिस्थितिमा मुलुकको भाग्य र भविष्य बदल्न सक्ने पार्टी एमाले भएको वताएका छन्।
अहिलेको परिस्थिति आउनु देशका पश्चगामी, अस्थिरता चाहने देश भित्रका र अन्तर्राष्ट्रिय शक्तिहरुको कुदृष्टिका कारण रहेको वताए।
एमालेले गरेका कामहरुको जानकारी जनतामाझ नपुग्नू, विधी विधानमा नभई पपुलिज्म,लहडमा चल्नु जस्ता विकृति अहिलेको परिस्थितीमा देखिएकोले आमनागरिक र मतदाता सचेत र संयमित हुन आग्रह गरेका छन्।
ज्ञवालीले व्यक्ति कतिपटक भन्दा काम कति भयो भन्नेमा महत्वदिन आवस्यक रहेको वताएका छन्।
एमालेलेको नेतृत्वमा देश र गुल्मीमा विकासका लहर छाएको जिकीर गरे।
उनले सडक, पानी, स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, एयरपोर्टलगायतका विकासका योजना गुल्मीमा विस्तार गर्न अहम् भूमिका निर्वाह गरेको जिकिर गरे।
आगामी निर्वाचनलाई केन्द्रित गर्दै ज्ञवालीले नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै विगतका निर्वाचनका कमिकमजोरी स्मरण गराउँदै निर्वाचनमा ओभर कन्फिडेन्स राख्न नहुने प्राक्टिकल्ली रुपमा लाग्नुपर्ने वताए।
देशलाई विधी-विधान र लयमा लगी अराजकतालगायतका विकृति हटाउन मतबाट योगदान गर्ने समय आएको धारणा राखे।
उनले अराजक तत्वहरुले आफ्नो जित नहुने अवस्था भएमा निर्वाचन हुन नदिने खालका गतिविधि गर्न सक्ने आंकलन रहेको वताए।
एमाले सरकारमा रहंदा देश र नागरिकको पक्षमा उल्लेखनीय योगदान गरेको तथापि विश्वका विकसित मुलुकहरूमा जस्तो विकास नदेखिएता पनी नेपालको विगतका समयहरूमा भन्दा यथेष्ठ काम भएको जिकिर गरे।
एमालेको हालै सम्पन्न महाधिवेशनको नेता तथा कार्यकर्ताहरुको जिज्ञासामा ज्ञवालीले पार्टीले जिम्मेवारी दिएको तर कार्यकारी पदमा रहेर काम गर्ने चाहना रहेको हिसाबले पदमा नगएको र सधै देश र जनताको पक्षमा खडा हुने प्रतिवद्धता व्यक्त गरे।

राष्ट्रिय रअन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका नेता प्रदीप ज्ञवाली उम्मेदवार पाउनु गुल्मेलीको लागी गौरवको विषय: सम्पर्क मञ्च

सम्पर्क मञ्चको कार्यक्रममा वोल्दै वक्ताहरुले राष्ट्रिय रअन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका नेता प्रदीप ज्ञवाली उम्मेदवार पाउनु गुल्मेलीको लागी गौरवको विषय रहेको वताएका छन्।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभाका सदस्य चिन्तामणि पाण्डेले पुर्व सफल परराष्ट्रमन्त्री, नेकपा एमालेका पुर्व उपमहासचिव सरल , सादगी, निश्कलंक नेता पाउनु गुल्मी क्षेत्र नम्वर १ले पाउनु गुल्मेलीहरुका लागि शौभाग्य रहेको वताएका हुन्।
पाण्डेले अहिलेको जटिल परिस्थितिमा ज्ञवाली जस्ता वैचारिक, कुटनीतिक, विकास प्रेमी ,अन्तर्राष्ट्रिय जगतमा पहुँच राख्ने नेताको आवश्यकता रहेको वताएका छन्।
उनले एमालेले देश र जनताको हितमा काम गर्दै गर्दा देशका पश्चगामी तत्वहरू र अन्तर्राष्ट्रिय स्तरबाट प्रहार गरिएकोले देशमा अहिलेको अवस्था आएको वताए।
गुल्मीबाट निर्वाचित प्रदेश सभाका सदस्यको हैसियतले संघमा प्रभावकारी नेता ज्ञवाली रहेकोकै कारणले जिल्लामा सडक, एयरपोर्ट,पानी, विद्युत् ,शिक्षा, स्वास्थ्य, कृषि,रोजगारलगायत प्रसस्त विकास भएको जिकिर गरे।
नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष वालसिंह काउछाले गुल्मी जिल्लाले अन्तर्राष्ट्रिय स्तरको नेता पाउनु गौरवको विषय रहेको र जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा, गाउँ,टोल र छरछिमेकमा एमाले र एमालेका उम्मेदवारले गरेका योगदानको जानकारी गराउनु आवस्यक रहेको धारणा राखे।
सम्पर्क मञ्चका अध्यक्ष गणेश पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, पुर्व केन्द्रिय लेखा आयोग सदस्य भिम पौडेल, प्रदेश कमिटी सदस्य फर्शुराम पाण्डे, जिल्लाका सल्लाहकार खड्ग केसी, सम्पर्क मञ्चका ईन्चार्ज हेम थापा लगायतले वोल्दै प्रदिप ज्ञवाली जस्तो सरल, निष्ठावान, कुटनीतिज्ञ, निश्कलंक, राष्ट्रिय रअन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त नेता पाउनु गौरवको विषय भएको र जिताएर नेतृत्वमा पुर्याउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौँनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थि...
मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

काठमाडौंजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएक...
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौआगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २१ माघ (बुधबार) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व...
भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित...