युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास


रूपन्देही
राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा वोल्दै वक्ताहरुले नेकपा एमाले देश र जनताको विकास र सम्वृद्धिमा सधै अगुवाइ गर्ने पार्टी भएकोले आगामी निर्वाचनमा सवै भन्दा ठूलो पार्टी बन्ने विश्वास रहेको वताएका छन्।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता र पुर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य गोपाल रानाले अहिले नेपालमा पुराना नेता र पार्टी खराव भन्ने भ्रम र गलत प्रबृत्ति हावी भएको र यो प्रबृत्ति गलत भएको र हटाउनु पर्ने वताएका छन्।


रानाले एमालेले पहिलाको भन्दा बढी सिट ल्याउनेमा पार्टी र कार्यकर्ता विश्वस्त रहेको र सवै नेता कार्यकर्ताले जनतामाझ देशको स्थिरता, विकास र सम्बृद्धिका एमालेका मुल मुद्दा लिएर जानु पर्ने वताए।
एमालेले आगामी निर्वाचनमा सक्षम नेताहरुलाई उम्मेदवार बनाउने हुनाले सवै जना वर्गिय संगठन एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
६ गते नोमिनेशनमा एकतावद्ध भएर जिल्ला र प्रदेशका उम्मेदवारलाई साथ दिनुपर्ने धारणा राखे।
लुम्बिनी प्रदेश ईन्चार्ज देवु वस्नेतले जेन्जी आन्दोलन पश्चात् देश , नेता, कार्यकर्ता र आम जनतामा भएको निराशा लाई अझ सशक्त रुपमा चिर्दै अगाडि वढ्ने धारणा राखे।

युवा संघका जिल्ला अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा शनिबार रुपन्देहीको तिलोत्तमा स्थित वन वाटिकामा आयोजित कार्यक्रममा रूपन्देहीले जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता, खेलकुद लगायतका क्षेत्रहरूमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरु र पुर्व जिल्ला अध्यक्षहरु लाई सम्मान गरेको छ।

रुपन्देहीबाट केन्द्रीय सदस्यमा निर्वाचित गोपाल राना र ज्ञानु केसीलाई सम्मान गरिएको कार्यक्रममा एमालेका केन्द्र, प्रदेश, जिल्ला,नगर, वडा स्तरका नेता तथा कार्यकर्ता र एमालेका जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
सम्मानित हुनेहरुमा युवा संघ रुपन्देहीका पुर्व अध्यक्ष तथा लुम्विनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भुमिश्वर ढकाल , पुर्व अध्यक्ष तथा पुर्व संघिय सांसद वासुदेव घिमिरे, पुर्व अध्यक्षहरु वेदुराम भुसाल,विजय पौडेल,जिवन सिंह कुंवर, रमेश पौडेल, ऋषिराम पाण्डे,खुमाकान्त पौडेल,जिवलाल अर्याल,राजु गुरुङ, कुलेन्द्र पुन,सरिता श्रीष,दुर्गा तिवारी, नकुल शाही, कृष्ण थापा,केशव रोक्का,मनोज गौतम, विकास वस्नेत,दिपक खड्कीलाई रुपन्देहीको युवा संघलाई सफल नेतृत्व प्रदान गरी नेकपा एमालेमा महत्वपूर्ण योगदान प्रदान गरेकोमा सम्मानपत्र र खादा द्वारा सम्मान गरीएको थियो ।
साथै भलीवल खेलाडी लोकेन्द्रकुमार भण्डारी,पुर्व खेलाडी दीलिप क्षेत्री , सवीन पौडेल धावक, अंकित मान श्रेष्ठ, विष्णु पौडेल,वमबहादुर सारू, गायिका प्रिया भण्डारीलगायत लाई सम्मानपत्र र खादा द्वारा सम्मान गरीएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिपेश कण्डेलले गरेका थिए।

छुटाउनुभयो कि ?

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

काठमाडौँनिजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको संबैधानिक इजलासले अल्पकाली...
सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको तिनदिने राष्ट्रिय सञ्चार सम्मेलनमा वक्ताहरुले मिडियालाई कमजोर बना...
सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

काठमाडौँनीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरका...
भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

काठमाडौंदेशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र ज...