प्रचण्डले नेकपामा १८ वटा दल-समूह जोडे भने चुनाव लड्न माओवादी आधार इलाकानै रोजे


काठमाडौं
माओवाद विचारधारा नै तामेलीमा राखेर शक्ति आर्जन गर्ने उद्देश्यले प्रचण्डले अनेक राजनीतिक दल र समूहलाई जोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन् । तर, उनी आफैं चाहिँ चुनावी परिणामको सुरक्षाका लागि यसअघि निर्वाचन लडेका क्षेत्रहरू छोडेर माओवादी आन्दोलनको आधार इलाका रूकुम पूर्व छिर्दैछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी एक्लैले करिब-करिब बहुमत सिट जितेर पहिलो पार्टी बन्यो । संसदीय राजनीतिको पहिलो प्रहरमै पहिलो पार्टी भएपछि प्रचण्ड प्रधानमन्त्री बने, एमालेले समर्थन गर्‍यो ।

तर, त्यत्रो तामझामसहित बनेको प्रचण्ड सरकार ९ महिना पनि टिकेन । आगामी चुनावमा एक्लै बहुमत ल्याउने भन्दै प्रचण्डले सरकार छोडे माओवादी देशदौडाहमा लाग्यो । ०६५ देखि ०७० सालको संविधानसभा निर्वाचन हुनुअघिसम्म माओवादीमा पार्टी प्रवेशको लहर नै चल्यो ।
उक्त पार्टीले मेची-महाकाली अभियान चलायो । प्रचण्ड जहाँ पुगेपनि आमसभाहरू ‘विशाल’ भए । मधेससँग त प्रचण्डको ‘लभ’ नै पर्‍यो । तर ७० सालको संविधानसभा निर्वाचनमा माओवादीले मधेसमा एक सिट पनि जितेन ।
तर आमसभाहरू र पार्टी प्रवेशको लहर भने अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा जस्तै थियो ।
७० सालको निर्वाचन अघि पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गर्ने सबैका निधार टिका लगाउन नभ्याएर अध्यक्ष प्रचण्डले टाढैबाट अबिर छर्किएर स्वागत गर्नुपरेको थियो । तर निर्वाचनको परिणाम आमसभाहरू झैं सुखद हुन सकेन ।
करिब १२ वर्षपछि पेरिसडाँडामा त्यही झल्को आउनेगरि गत मंगलबार केन्द्रीय समितिका सदस्यहरूलाई शपथ गराइयो । २४९९ केन्द्रीय समिति सदस्यहरूमध्ये काठमाडौंमा उपलब्धहरूले घञ्चमञ्च गर्दै पेरिसडाँडामै शपथ लिए । बाँकी जो जहाँ छन् त्यही भर्चुअल शपथ गरे ।

छुटाउनुभयो कि ?

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार ...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्ध...