प्रचण्डले नेकपामा १८ वटा दल-समूह जोडे भने चुनाव लड्न माओवादी आधार इलाकानै रोजे


काठमाडौं
माओवाद विचारधारा नै तामेलीमा राखेर शक्ति आर्जन गर्ने उद्देश्यले प्रचण्डले अनेक राजनीतिक दल र समूहलाई जोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन् । तर, उनी आफैं चाहिँ चुनावी परिणामको सुरक्षाका लागि यसअघि निर्वाचन लडेका क्षेत्रहरू छोडेर माओवादी आन्दोलनको आधार इलाका रूकुम पूर्व छिर्दैछन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी एक्लैले करिब-करिब बहुमत सिट जितेर पहिलो पार्टी बन्यो । संसदीय राजनीतिको पहिलो प्रहरमै पहिलो पार्टी भएपछि प्रचण्ड प्रधानमन्त्री बने, एमालेले समर्थन गर्‍यो ।

तर, त्यत्रो तामझामसहित बनेको प्रचण्ड सरकार ९ महिना पनि टिकेन । आगामी चुनावमा एक्लै बहुमत ल्याउने भन्दै प्रचण्डले सरकार छोडे माओवादी देशदौडाहमा लाग्यो । ०६५ देखि ०७० सालको संविधानसभा निर्वाचन हुनुअघिसम्म माओवादीमा पार्टी प्रवेशको लहर नै चल्यो ।
उक्त पार्टीले मेची-महाकाली अभियान चलायो । प्रचण्ड जहाँ पुगेपनि आमसभाहरू ‘विशाल’ भए । मधेससँग त प्रचण्डको ‘लभ’ नै पर्‍यो । तर ७० सालको संविधानसभा निर्वाचनमा माओवादीले मधेसमा एक सिट पनि जितेन ।
तर आमसभाहरू र पार्टी प्रवेशको लहर भने अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा जस्तै थियो ।
७० सालको निर्वाचन अघि पार्टी कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गर्ने सबैका निधार टिका लगाउन नभ्याएर अध्यक्ष प्रचण्डले टाढैबाट अबिर छर्किएर स्वागत गर्नुपरेको थियो । तर निर्वाचनको परिणाम आमसभाहरू झैं सुखद हुन सकेन ।
करिब १२ वर्षपछि पेरिसडाँडामा त्यही झल्को आउनेगरि गत मंगलबार केन्द्रीय समितिका सदस्यहरूलाई शपथ गराइयो । २४९९ केन्द्रीय समिति सदस्यहरूमध्ये काठमाडौंमा उपलब्धहरूले घञ्चमञ्च गर्दै पेरिसडाँडामै शपथ लिए । बाँकी जो जहाँ छन् त्यही भर्चुअल शपथ गरे ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...