कालिका मानवज्ञान माविमा पुनः नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन


बुटवल
देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १० का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन गरिएको छ ।
यस्तै सदस्यको रुपमा यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन भएका हुन । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहेका छन् । नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुन ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...