नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम
भाद्र १० , बुटबल
पछिल्लो समय राजनिती प्रति नागरिकको वितृष्णा बढिरहेको बेला नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले पुण्य काम गरेर सबैको प्रसंसाको पात्र बनेको छ । राजनैतिक दल र भातृसंगठनहरु भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको छ ।मञ्चले शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेकोे मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिएको पुण्यकार्यमा प्रदेश सांसद खड्क केसिको प्रमुख आतिथ्यतारहेको थियो । प्र...






