गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए, ८ जना प्रहरी नियन्त्रणमा


 ७भदौ, काठमाडौं । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत  रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...