गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए, ८ जना प्रहरी नियन्त्रणमा


 ७भदौ, काठमाडौं । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत  रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...