रेसुङ्गा बहुमुखी क्याम्पसलाई धरासायी बनाउने संचालक समिति र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्ने एमालेको माग ।


भदौ ९ ,गुल्मी

४० बर्ष देखि उच्च शिक्षा पठनपाठन गर्दै प्रतिष्ठित सस्थाको छवी बनाएको रेसुङ्गा क्याम्पस अहिले धरासायी अबस्थामा पुगेको छ । क्याम्पस प्रमुख लगायत संचालक समितीको असक्षमताको कारण क्याम्पस संकटमा पुगेको भन्दै नेकपा एमाले रेसुङ्गा नगरकिमिटील चासो देखाएको छ ।
नेकपा एमाले रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।
४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताउनु भएको छ । क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले लामो समयदेखि आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आएको एवम् मेधावी विद्यार्थीको नाममा ठुलो धनराशि खर्च गर्ने निर्णय गरेको रेसुङ्गा नगरपालिकाको समेत क्याम्पसको बिषयमा सही दृष्टिकोण नभएको एमालेको आरोप छ
‘संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भन्नु भयो ‘आर्थिक संकटको नाममा विद्यार्थीको भविष्य अन्यौल बनाउने, प्रध्यापक एवम् कर्मचारीको पेशागत हकहित सुनिश्चित गराउन नसक्ने संचालक समिति र प्रशासन नेतृत्वले तत्काल राजिनामा दिनुपर्छ ।’ त्यसका साथै उहाले संकटकालको बिषयमा आफुहरुसँग कुनै छलफल नभएको समेत प्रतिक्रिया दिए ।
साथै विज्ञप्ती जारी गर्दै एमालेले सरोकारवालाहरुसँगको छलफलबिना र विद्यार्थी भर्नाको समयमा गरिएको यो घोषणाले सबैलाई निराश एंव दुखी बनाएको जनाएको हो । क्याम्पस स्थापना र बिकासमा सबै तह र पक्षको समान भूमिका रहने भए तापनि नेपाली कांग्रेसले लामो समयादेखी आफ्नो बिर्ताको रुपमा उपयोग गर्दै आइरहेको यो क्याम्पसमा गरिएको अप्रत्यासित आर्थिक संकटको घोषणा निन्दनीय छ ।
विज्ञप्तीमा भनिएको छ संघ, प्रदेश तथा स्थानीय सरकार गठबन्धनको नेतृत्वमा रहेका बेला क्याम्पसको यो दुरावस्था आउनु र प्रभावकारी पहल नहुनु अझ बढी दुखको विषय भएको छ । अविलम्ब यस क्याम्पसलाई आबश्यक सहयोग गरी सुचारु रुपले संचालन हुने व्यवस्था मिलाउन तीनै तहका सरकारलाई जोडदार माग समेत गर्दछौ ।


. आर्थिक संकटकालको नाममा क्याम्पसका सयौ विद्यार्थीको भविष्य अन्यौल बनाउने , क्याम्पसमा सिङ्गो जीवन समर्पित गरेका प्राध्यापक, कर्मचारीको पेशागत हकहित सनिश्चित गर्न नसक्ने संचालक समिति र प्रशासन नेतृत्व जिम्मेवारीमा. बसिरहनुमा नैतिक प्रश्न उठेकोले तत्काल राजिनामा दिन समेत जोडदार माग गर्दछौ । क्याम्पसको आर्थिक संकटकालको घोषणाबाट प्राध्यापक, कर्मचारी, बिधार्थी, क्याम्पस सभासद, अभिभावक, चन्दादाता र शिक्षाप्रेमीहरुलाई धैर्य रहन आग्रह गर्दै यो संकटबाट क्याम्पसलाई मक्त गर्न नेकपा एमालेले आबश्यक भूमिका निर्वाह गर्ने बिश्वास समेत दिलाउन चाहन्छ ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...