नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम


भाद्र १० , बुटबल

पछिल्लो समय राजनिती प्रति नागरिकको वितृष्णा बढिरहेको बेला नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले पुण्य काम गरेर सबैको प्रसंसाको पात्र बनेको छ । राजनैतिक दल र भातृसंगठनहरु भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको छ ।
मञ्चले शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेकोे मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।
तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिएको पुण्यकार्यमा प्रदेश सांसद खड्क केसिको प्रमुख आतिथ्यतारहेको थियो । प्रमुख अतिथी सांसद खड्क केसिले तिजको अवशरमा पुण्यकाम गरेकोमा मंचको प्रसंसा व्यक्त गर्दै पर्वको अवशरमा गरिएको कार्यले राजैतिक भातृ संस्थाले सामाजिक उत्तरदाईत्व नर्विसेको भन्दै अझै शिर्जनशिल काम गर्दै जाहोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले यस कार्यलाई बेला बेला निरन्तरता दिदै रगत अभावले कसैले पनी ज्यान गुमाउन नपरोस भन्नेमा ध्यान दिने उहांले बताउनु भएको छ ।


नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउनु पर्छ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । वर्तमान परिस्थितिमा डेंगुको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा यस रोगबाट कसैले पनि थप समस्या झेल्न नपरोस रगत अभावको समस्या कुनैपनि नागरिकले भोग्न नपरोस भन्ने शुद्ध मानवीय भावनाले ओतप्रोत भई मञ्चले कार्यक्रम आयोजना गरेको कार्यक्रम सयोजक लक्षमण पन्थले बताउनु भएको छ । पछिल्लो समय तिज पर्वलाई दर खाने र रमाइलो गर्ने मात्र पर्वको रुपमा बिकशित भैरहेको बेला आफुहरुले केहि सामाजिक र श्रृजनशिलकाम गर्न थालेको मंचका सचिब चिरन अर्यालको भनाई थियो ।

कार्यक्रमा प्रदेश कमिटी सदस्य चिन्तामणी पाण्डे, हिरा एसी ,निर्वतमान अध्यक्ष देबराज खनाल लगायतको आतिथ्यता रहेको कार्यक्रम मंचका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षता , कार्यक्रम संयोजम लक्षमण पन्थको स्वागत मन्तव्य र सचिव चिरन अर्यालको संचालनमा सम्पन्न भएको थियो । अहिले सम्म करिव ५० जनाले रक्तदान गरिसकेको र दिउसो ४ बजे सम्म रक्तदान कार्यक्रम जारी रहने संयोजम लक्षमण पन्थले जाकारी दिनुभएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...