नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम


भाद्र १० , बुटबल

पछिल्लो समय राजनिती प्रति नागरिकको वितृष्णा बढिरहेको बेला नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले पुण्य काम गरेर सबैको प्रसंसाको पात्र बनेको छ । राजनैतिक दल र भातृसंगठनहरु भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको छ ।
मञ्चले शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेकोे मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।
तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिएको पुण्यकार्यमा प्रदेश सांसद खड्क केसिको प्रमुख आतिथ्यतारहेको थियो । प्रमुख अतिथी सांसद खड्क केसिले तिजको अवशरमा पुण्यकाम गरेकोमा मंचको प्रसंसा व्यक्त गर्दै पर्वको अवशरमा गरिएको कार्यले राजैतिक भातृ संस्थाले सामाजिक उत्तरदाईत्व नर्विसेको भन्दै अझै शिर्जनशिल काम गर्दै जाहोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले यस कार्यलाई बेला बेला निरन्तरता दिदै रगत अभावले कसैले पनी ज्यान गुमाउन नपरोस भन्नेमा ध्यान दिने उहांले बताउनु भएको छ ।


नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउनु पर्छ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । वर्तमान परिस्थितिमा डेंगुको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा यस रोगबाट कसैले पनि थप समस्या झेल्न नपरोस रगत अभावको समस्या कुनैपनि नागरिकले भोग्न नपरोस भन्ने शुद्ध मानवीय भावनाले ओतप्रोत भई मञ्चले कार्यक्रम आयोजना गरेको कार्यक्रम सयोजक लक्षमण पन्थले बताउनु भएको छ । पछिल्लो समय तिज पर्वलाई दर खाने र रमाइलो गर्ने मात्र पर्वको रुपमा बिकशित भैरहेको बेला आफुहरुले केहि सामाजिक र श्रृजनशिलकाम गर्न थालेको मंचका सचिब चिरन अर्यालको भनाई थियो ।

कार्यक्रमा प्रदेश कमिटी सदस्य चिन्तामणी पाण्डे, हिरा एसी ,निर्वतमान अध्यक्ष देबराज खनाल लगायतको आतिथ्यता रहेको कार्यक्रम मंचका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षता , कार्यक्रम संयोजम लक्षमण पन्थको स्वागत मन्तव्य र सचिव चिरन अर्यालको संचालनमा सम्पन्न भएको थियो । अहिले सम्म करिव ५० जनाले रक्तदान गरिसकेको र दिउसो ४ बजे सम्म रक्तदान कार्यक्रम जारी रहने संयोजम लक्षमण पन्थले जाकारी दिनुभएको छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...