नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।


भाद्र ८ , बुटबल
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले तिज पर्वको अवशर पारी बृहत रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । यहि भाद्र १० गते शुक्रबार बिहान ८ बजे रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ । तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिने हुदां पुण्यकार्यमा सहभागी हुनको लागी ईच्छुक व्यक्तिलाई थापाले आग्रह गर्नु भएको छ । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउनु पर्दछ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । वर्तमान परिस्थितिमा डेंगुको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा यस रोगबाट रगत अभावको समस्या कुनैपनि नागरिकले भोग्न नपरोस भन्ने शुद्ध मानवीय भावनाले ओतप्रोत भई मञ्चले कार्यक्रम आयोजना गरेको कार्यक्रम सयोजक लक्षमण पन्थले बताउनु भएको छ । पछिल्लो समय तिज पर्वलाई दर खाने र रमाइलो गर्ने मात्र पर्वको रुपमा बिकशित भैरहेको बेला आफुहरुले केहि सामाजिक र श्रृजनशिलकाम गर्न थालेको मंचका सचिब चिरन अर्यालको भनाई थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...