नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।


भाद्र ८ , बुटबल
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले तिज पर्वको अवशर पारी बृहत रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । यहि भाद्र १० गते शुक्रबार बिहान ८ बजे रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ । तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिने हुदां पुण्यकार्यमा सहभागी हुनको लागी ईच्छुक व्यक्तिलाई थापाले आग्रह गर्नु भएको छ । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउनु पर्दछ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाको भनाई थियो । वर्तमान परिस्थितिमा डेंगुको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा यस रोगबाट रगत अभावको समस्या कुनैपनि नागरिकले भोग्न नपरोस भन्ने शुद्ध मानवीय भावनाले ओतप्रोत भई मञ्चले कार्यक्रम आयोजना गरेको कार्यक्रम सयोजक लक्षमण पन्थले बताउनु भएको छ । पछिल्लो समय तिज पर्वलाई दर खाने र रमाइलो गर्ने मात्र पर्वको रुपमा बिकशित भैरहेको बेला आफुहरुले केहि सामाजिक र श्रृजनशिलकाम गर्न थालेको मंचका सचिब चिरन अर्यालको भनाई थियो ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...