नेकपा एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन शुरु गर्यो


कृष्ण अन्जान
७ भदौ, बलेटक्सार गुल्मी

पाका ,अधवैशे र युवाहरुको बाक्लो उपस्थिति । पार्टीका झण्डा चुनाव चिन्ह र कार्यक्रमका व्यानर मुनि केन्द्र देखि प्रदेश जिल्ला तहका नेता हरु । लामो समय पछि नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुका लागि आयोजना गरेको शैद्धान्तिक र वैचारिक प्रशिक्षणको नजारा हो ।
यतिबेला नेकपा एमाले गुल्मीले जिल्ला भरिका पालिकाहरुमा पालिका स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ,यसै क्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पनि केन्द्र ,प्रदेश र जिल्ला स्तरिय नेताहरुलाई प्रशिक्षकको रुपमा डाकेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्यतया मार्क्सवादी अवधारणा र कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि ,जनताको बहुदलीय जनवाद र समाजवादमा पुग्ने आधार ,पार्टी सदस्यका काम कर्तव्य र अधिकार र पार्टीका तत्कालीन कार्यनीति ,नेकपा एमालेको प्रचार शैलि र सामाजिक सन्जालको प्रयोग ,यावत विषयमा प्रशिक्षण केन्द्रित गरेको छ ।
प्रशिक्षण कार्यक्रममा सहजिकरण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गुल्मी जिल्लाका सहइन्चार्ज जङ्ग नेपालीले परिवर्तनको नेतृत्व एमाले पार्टी वाहेक अरुले गर्न नसकेको ठोकुवा गरे ।
हरेक पटक सत्तामा पुग्दा एमालेले जनताको जनजिविकाको सवालमा होस या विकास निर्माणमा जनताको मन छुने गरि काम गरेको बताउँदै यो प्रक्रिया मनमोहन अधिकारीको पालामा ल्याएको सामाजिक शुरक्षा भत्ता ,नौसको अवधारणा र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम हुन या केपि ओलीका पालामा ल्याईएका खरका छाना विस्थापित ,एकघर एक धारा ,एक पालिका एक हस्पिटल लगाएतका जनमुखी कार्यक्रमले पुष्टि गर्ने बताउँदै राष्ट्र राष्ट्रियताको पक्षमा पनि एमाले दरो रुपमा उभिँदै चुच्चे नक्शाको कुरा कसैबाट नलुकेको दावि गरे ।
प्रशिक्षण कार्यक्रममा कार्यकर्ताका माझ प्रस्तुत हुँदै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश साँसद कमल राज श्रेष्ठले नेपालका अन्य राजनैतिक पार्टीहरुको चरित्र चित्रण गर्दै कम्युनिस्ट पार्टीका नाममा सम्राज्यवादी र पुँजिवादिहरुको दलालि गर्ने कम्युनिस्ट पार्टीहरुपनि रहेको बताउँदै ती सबै नक्कली कम्युनिस्ट भएको र सक्कली कम्युनिस्ट पार्टी एमाले मात्र भएको दावि गरे ।
कुनै पनि पार्टी निति विधि र पद्धतिका आधारमा सन्चालन हुने भएकाले पार्टी कार्यकर्ता हरुलाई निशर्त रुपमा सचेत कार्यकर्ता सँगठनको एउटै लयमा हिँड्न साँसद श्रेष्ठले कार्यकर्तालाई सुझाव दिए ।
स्थानीय तह र पार्टी बिचको सम्बन्धका बारेमा चर्चा गर्दै नेकपा एमाले नेता निलकण्ठ गौतमले स्थानीय तह पार्टीको मोर्चा भएको बताउँदै स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधि हरुलाई पार्टी प्रति जिम्मेवार रहन आग्रह गरे ।
नेकपा एमाले प्रदेश सदस्य नर्मदा भण्डारीले पार्टीका तल्ला सँगठन हरु मजबुत भए मात्र पार्टी सँगठन बलियो हुने बताउँदै पछिल्लो चरणमा पार्टीका कार्यकर्ताहरुले पनि निर्वाचनमा पार्टी भन्दा व्यक्ति केन्द्रित भएर भोट खसालेको बताउँदै पात्र भन्दा पनि पार्टी र पार्टीको चुनाव चिन्हमा सरोकार राख्नु पर्ने धारणा राखिन ।
प्रशिक्षण कार्यक्रममा पार्टी अनुशासन सम्बन्धि धारणा राख्दै नेकपा एमाले प्रदेश सदस्य हरि प्रसाद ज्ञवालीले यतिबेला वैचारिक र सैद्धान्तिक अनुसाशन पार्टीमा स्खलन भएको अवस्था भएको बताउँदै वैचारिक सैद्धान्तिक ,साँगठिक ,आर्थिक , सामाजिक र वैयक्तिक अनुशासनमा रहन र कम्युनिस्ट हरुको फलामे अनुशासन पालन गर्नु पर्ने बताए ।
कार्यकर्ता प्रशिक्षणका क्रममा आफ्ना धारणा राख्दै नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले अहिलेको राजनीति मुद्धामा केन्द्रित हुनु पर्ने धारणा राखे ।पार्टी प्रचार विभागका प्रमुख समेत रहेका श्रीपालीले जनताले यतिबेला कस्ले के मुद्धाउठाएको छ त्यसैमा ध्यान केन्द्रित गर्ने हुँदा जनमुखी ईस्युका साथ जनतामा जानू पर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका पालिका कमिटी सदस्य ,वडा कमिटी अध्यक्ष ,जनवर्गीय सँगठनका अध्यक्ष ,जन प्रतिनिधि ,गाउँ कार्य पालिका सदस्य हरुको उपस्थिति रहेको थिये ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीको स्वागत तथा अध्यक्षता रहेको कार्यक्रममा प्रशिक्षणमा सहभागी पालिका कमिटि सदस्य द्य पदम श्रेष्ठ र माधव ज्ञवालीले प्रशिक्षार्थीको तर्फबाट आफ्ना धारणा राखेका थिए भने कार्यक्रमको सन्चालन नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका सचिव तोय नारायण ज्ञवालीले गरेका थिए ।
एमालैले खटायो वडा वडामा प्रशिक्षक

पछिल्लो पटक पार्टी कार्यकर्ता हरुमा पार्टीका प्रशिक्षण कार्यक्रम नभएकाले पार्टी कमिटी हरुमा गतिशीलता नदेखिएको ठहर गर्दै नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका ६ वटै वडा हरुमा कार्यकर्ता प्रशिक्षणका लागि प्रशिक्षक खटाएको छ ।
प्रशिक्षक हरुमा कमल राज श्रेष्ठ ,निलकण्ठ गौतम ,हरि प्रसाद ज्ञवाली ,हिमाल श्रेष्ठ ,फर्सुराम ज्ञवाली ,शेष नारायण पौडेल र लक्ष्मी देवि पन्थलाई प्रशिक्षकको रुपमा खटाईएको नेकपा एमाले रुरुगाउँ पालिका कमिटीका सचिव तोय नारायण ज्ञवालीले बताए ।
हामीले ३ वटा विषयमा केन्द्रित रहेर प्रशिक्षण चलाउने निर्णय गरेका छौँ ती विषय हरुमा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि ,जनताको बहुदलीय जनवाद र समाजवादको आधार ,पार्टीको तत्कालीन कार्यनीति र पार्टी सदस्यको काम कर्तव्य र अधिकार का विषयहरु रहेको सचिव ज्ञवालीले बताए ।
प्रशिक्षण भदौ १८ गते वडा न २ र ३ ,भदौ २० गते ५ र ६ यसैगरि भदौ २५ गते ४ र १ मा सन्चालन हुनेछ । दुई टोलीमा विभाजन गरिएका प्रशिक्षक हरुको टोलिमा कमल राज श्रेष्ठ ,फर्सुराम ज्ञवाली र हरि प्रसाद ज्ञवालीको एउटा टोलि र निलकण्ठ गौतम, हिमाल श्रेष्ठ ,शेषनारायण पौडेल र लक्ष्मी देवि पन्थको अर्को टोलि हुने छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...