आफ्नो अनुकुल नभएपछि अध्यक्षले एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।


भदौ ८ ,गुल्मी।
रुरुक्षेत्र गाउँ पालिकाकाे गाउँकार्यपालिकाकाे बैठक कार्यपालिका सदस्यहरुले मँगलबार बहिष्कार गरेका छन । मुख्य रुपले गाउँपालिका स्तरिय शिक्षा समिति गठनकाे विषयलाई लिएर कार्यपालिकाका बहुमत सदस्य द्वारा बैठक वहिष्कार गरेका हुन ।
यस अघि कार्यपालिकाकाे बैठकमा एजेन्डाकै रुपमा प्रस्तुत भएकाे गाउँपालिका शिक्षा समितिमा रुरुगाउँ पालिका प्रमुखले प्रस्ताव गरेका व्यक्तिमा पालिकामा सहमति जुट्न नसकेपछि समिति गठन प्रक्रिया राेकिएकाे हाे ।
हामीले पटक पटक गाउँपालिका शिक्षा समिति गठन गरौँ भन्यौँ तर गाउँपालिका प्रमुखले वेवास्ता गरेपछि हामी वाध्य भएर कार्यपालिका वैठक वहिष्कार गरेका हौँ कार्यपालिका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडाध्यक्ष शेष नारायण पौडेलले बताए ।
नीति विधि पद्धति सम्मत तरिकाले शिक्षा समिति गठन हुनुपर्छ कसैले पेलेर जाने नीति अवलम्वन गरे एमाले चुप लागेर नवस्ने पौडेलले बताए ।गाउँ कार्यपालिका बहुमत सदस्य हरुले छिटाे शिक्षा समिति बनाउ भन्नु कुनै अपराध हाेईन ,शिक्षा समिति नहुँदा शिक्षा सम्बन्धि धेरै काम हरुमा वाधा अवराेध भएकाले विधि सम्वत रुपमा समिति गठन गर्न हाम्रो दवाव हाे रुरुक्षेत्र ४ का वडाध्यक्ष समेत रहेका कार्यपालिका सदस्य माेति प्रसाद श्रेष्ठले भने ।
शिक्षा समिति गठनकाे एजेन्डा असारकाे कार्यपालिकाकाे बैठकमा प्रस्तुत भईसकेको तर त्यसलाई वाईपास गर्ने ,आफ्नो अनुकुल भएन भनेर कार्यपालिकाकाे अधिकार लाई समेत कुण्ठित गर्ने काम गाउँपालिका प्रमुख बाट हुनु कति विधि सम्मत छ सामाजिक विकास समितिका सँयाेजक समेत रहेका कार्यपालिका सदस्य शेष नारायण पौडेलले भने ।
साउनकाे पहिलो हप्ता पनि कार्यपालिकाकाे बैठकमा शिक्षा समितिकाे एजेन्डामा छलफल गरौँ भन्याै त्यतिबेला समेत आलटाल गरियाे हाम्रो माग शिक्षा समिति गठनकाे एजेन्डालाई टुँगाएर अगाडि बढौँ भन्ने हाे तर आफ्नो अनुकुल भएन भनेर एजेन्डा लाई गाउँपालिका अध्यक्षले वाईपास गरेकाे छन र जुन हामीलाई मान्य छैन ,यसकुरामा हाम्रो असहमति छ र जहिले सम्म गाउँ शिक्षा समिति गठन हुँदैन हाम्रो वहिष्कार कायमै रहन्छ पौडेलले भने ।
बहुमत कार्यपालिका सदस्य हरुले वैठक वहिष्कार गरेपछि रुरुक्षेत्र गाउँ पालिकाका प्रवक्ता र अध्यक्षले पत्रकार सम्मेलन गरेर एजेन्डा नै नभएकाे विषयलाई लिएर कार्यपालिका वैठक वहिष्कार गरिएकाे जनाएका छन तर पहिले पेश भएकाे शिक्षा समितिकाे एजेन्डाका विषयमा भने उनिहरु मौन छन ।
कार्यपालिकामा पहिलै प्रस्तुत भएकाे सबैभन्दा महत्त्वपूर्ण शिक्षा समिति गठनको एजेन्डालाई आफ्नो अनुकूल भएन भनेर थाती राख्ने तर नेकपा एमालेलाई बहुमतकाे दम्भ देखाएकाे आराेप लगाउननु अत्यन्तै हाँस्यास्पद भएकाे टिप्पणी नेकपा एमाले सम्बद्ध श्राेतले गरेकाे छ ।
राजनीति गर्दिन भन्ने तर शिक्षा समिति गठनका क्रममा आफ्नाे पार्टीका व्यक्ति हरुलाई राख्न नपाएकाे झाेँकमा दम्भ देखाएकाे आराेप लगाउने काम कार्यपालिका सदस्य हरुलाई सैह्य नहुने र कुनै पनि निर्णय विधिसम्मत त्यसाे नभए नीति विधि पद्धति कायम गर्न आवस्यक परे बहुमत कार्यपालिका सदस्य आन्दोलनमा समेत उत्रिन पछि नपर्ने कार्यपालिका सदस्यहरुकाे भनाई छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...