आफ्नो अनुकुल नभएपछि अध्यक्षले एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।


भदौ ८ ,गुल्मी।
रुरुक्षेत्र गाउँ पालिकाकाे गाउँकार्यपालिकाकाे बैठक कार्यपालिका सदस्यहरुले मँगलबार बहिष्कार गरेका छन । मुख्य रुपले गाउँपालिका स्तरिय शिक्षा समिति गठनकाे विषयलाई लिएर कार्यपालिकाका बहुमत सदस्य द्वारा बैठक वहिष्कार गरेका हुन ।
यस अघि कार्यपालिकाकाे बैठकमा एजेन्डाकै रुपमा प्रस्तुत भएकाे गाउँपालिका शिक्षा समितिमा रुरुगाउँ पालिका प्रमुखले प्रस्ताव गरेका व्यक्तिमा पालिकामा सहमति जुट्न नसकेपछि समिति गठन प्रक्रिया राेकिएकाे हाे ।
हामीले पटक पटक गाउँपालिका शिक्षा समिति गठन गरौँ भन्यौँ तर गाउँपालिका प्रमुखले वेवास्ता गरेपछि हामी वाध्य भएर कार्यपालिका वैठक वहिष्कार गरेका हौँ कार्यपालिका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडाध्यक्ष शेष नारायण पौडेलले बताए ।
नीति विधि पद्धति सम्मत तरिकाले शिक्षा समिति गठन हुनुपर्छ कसैले पेलेर जाने नीति अवलम्वन गरे एमाले चुप लागेर नवस्ने पौडेलले बताए ।गाउँ कार्यपालिका बहुमत सदस्य हरुले छिटाे शिक्षा समिति बनाउ भन्नु कुनै अपराध हाेईन ,शिक्षा समिति नहुँदा शिक्षा सम्बन्धि धेरै काम हरुमा वाधा अवराेध भएकाले विधि सम्वत रुपमा समिति गठन गर्न हाम्रो दवाव हाे रुरुक्षेत्र ४ का वडाध्यक्ष समेत रहेका कार्यपालिका सदस्य माेति प्रसाद श्रेष्ठले भने ।
शिक्षा समिति गठनकाे एजेन्डा असारकाे कार्यपालिकाकाे बैठकमा प्रस्तुत भईसकेको तर त्यसलाई वाईपास गर्ने ,आफ्नो अनुकुल भएन भनेर कार्यपालिकाकाे अधिकार लाई समेत कुण्ठित गर्ने काम गाउँपालिका प्रमुख बाट हुनु कति विधि सम्मत छ सामाजिक विकास समितिका सँयाेजक समेत रहेका कार्यपालिका सदस्य शेष नारायण पौडेलले भने ।
साउनकाे पहिलो हप्ता पनि कार्यपालिकाकाे बैठकमा शिक्षा समितिकाे एजेन्डामा छलफल गरौँ भन्याै त्यतिबेला समेत आलटाल गरियाे हाम्रो माग शिक्षा समिति गठनकाे एजेन्डालाई टुँगाएर अगाडि बढौँ भन्ने हाे तर आफ्नो अनुकुल भएन भनेर एजेन्डा लाई गाउँपालिका अध्यक्षले वाईपास गरेकाे छन र जुन हामीलाई मान्य छैन ,यसकुरामा हाम्रो असहमति छ र जहिले सम्म गाउँ शिक्षा समिति गठन हुँदैन हाम्रो वहिष्कार कायमै रहन्छ पौडेलले भने ।
बहुमत कार्यपालिका सदस्य हरुले वैठक वहिष्कार गरेपछि रुरुक्षेत्र गाउँ पालिकाका प्रवक्ता र अध्यक्षले पत्रकार सम्मेलन गरेर एजेन्डा नै नभएकाे विषयलाई लिएर कार्यपालिका वैठक वहिष्कार गरिएकाे जनाएका छन तर पहिले पेश भएकाे शिक्षा समितिकाे एजेन्डाका विषयमा भने उनिहरु मौन छन ।
कार्यपालिकामा पहिलै प्रस्तुत भएकाे सबैभन्दा महत्त्वपूर्ण शिक्षा समिति गठनको एजेन्डालाई आफ्नो अनुकूल भएन भनेर थाती राख्ने तर नेकपा एमालेलाई बहुमतकाे दम्भ देखाएकाे आराेप लगाउननु अत्यन्तै हाँस्यास्पद भएकाे टिप्पणी नेकपा एमाले सम्बद्ध श्राेतले गरेकाे छ ।
राजनीति गर्दिन भन्ने तर शिक्षा समिति गठनका क्रममा आफ्नाे पार्टीका व्यक्ति हरुलाई राख्न नपाएकाे झाेँकमा दम्भ देखाएकाे आराेप लगाउने काम कार्यपालिका सदस्य हरुलाई सैह्य नहुने र कुनै पनि निर्णय विधिसम्मत त्यसाे नभए नीति विधि पद्धति कायम गर्न आवस्यक परे बहुमत कार्यपालिका सदस्य आन्दोलनमा समेत उत्रिन पछि नपर्ने कार्यपालिका सदस्यहरुकाे भनाई छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...