गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित


८ भदौ, बुटबल ।।

सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्पष्ट विचार राख्ने गर्छन् ।. हालै एउटा प्रवासी संस्थाद्धारा उनी सम्मानित भएका छन । सामाजिक कार्यमा पुराएको योगदानको मुल्यांकन गर्दै गुल्मी सेवा समाज युएइले सम्मान गरेको हो ।
वैदेशिक रोजगार मा रहेर युएइ मा बस्दै आउनुभएका गुल्मेलीहरुको समाज गुल्मी सेवा समाज युएइ ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियान्तालाई सम्मान गरेको छ । वैदेशिक रोजगारमा रहेका गुल्मेली दाजुभाइको पहलमा जिल्लाको समग्रमा बिकास र दिन दुखिहरु बिपन्न परिबार हरुको सेवामा समपिर्त भएर परिबर्तन का निम्ति उल्लेख्य योगदान पुर्याएका सामाजिक अभियन्ता क्षेत्रीलाइ समाजले सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथी गुल्मी सेवा समाज युएई का संरक्षक कृष्ण गौतमले कोही पनि रहरले विदेशमा नजाने र विदेशीमा बाध्यताले जीवन बिताउँदै आफ्नो गास काटेर यसरी गाउँको विकास र समृद्धिमा समपिर्त रहने असल कार्यहरु प्रती राज्यको नजर जान आवश्यक रहेको धारणा राखे ।
अध्यक्ष रुद्र थापाले राज्यले गर्नुपर्ने कार्य जनस्तरबाट अर्थात एउटा सामान्य नागरिक बाट हुनु गौरवको कुरा भएको उल्लेख गरे।
कार्यक्रम मा बोल्दै सम्मानित भरत जङ्ग क्षेत्रीले आफुलाई सम्मान गरेको प्रति गुल्मी सेवा समाजलाई धन्यवाद प्रकट गर्दै समाज परिवर्तन का निम्ति र अरुलाइ सहयोग गर्न वैदेशिक रोजगारमा रहेका सबै नेपालीहरुको योगदानको जति गुणगान गाए पनि कम हुने बताए । साथै सम्मानले आफुलाई सामाजिक कार्यमा लाग्न अझ उर्जा थपेको बताए ।
लक्ष्मण अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रको संचालन सरस्वती पौडेलले रहेको थियो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...