गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित


८ भदौ, बुटबल ।।

सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्पष्ट विचार राख्ने गर्छन् ।. हालै एउटा प्रवासी संस्थाद्धारा उनी सम्मानित भएका छन । सामाजिक कार्यमा पुराएको योगदानको मुल्यांकन गर्दै गुल्मी सेवा समाज युएइले सम्मान गरेको हो ।
वैदेशिक रोजगार मा रहेर युएइ मा बस्दै आउनुभएका गुल्मेलीहरुको समाज गुल्मी सेवा समाज युएइ ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियान्तालाई सम्मान गरेको छ । वैदेशिक रोजगारमा रहेका गुल्मेली दाजुभाइको पहलमा जिल्लाको समग्रमा बिकास र दिन दुखिहरु बिपन्न परिबार हरुको सेवामा समपिर्त भएर परिबर्तन का निम्ति उल्लेख्य योगदान पुर्याएका सामाजिक अभियन्ता क्षेत्रीलाइ समाजले सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथी गुल्मी सेवा समाज युएई का संरक्षक कृष्ण गौतमले कोही पनि रहरले विदेशमा नजाने र विदेशीमा बाध्यताले जीवन बिताउँदै आफ्नो गास काटेर यसरी गाउँको विकास र समृद्धिमा समपिर्त रहने असल कार्यहरु प्रती राज्यको नजर जान आवश्यक रहेको धारणा राखे ।
अध्यक्ष रुद्र थापाले राज्यले गर्नुपर्ने कार्य जनस्तरबाट अर्थात एउटा सामान्य नागरिक बाट हुनु गौरवको कुरा भएको उल्लेख गरे।
कार्यक्रम मा बोल्दै सम्मानित भरत जङ्ग क्षेत्रीले आफुलाई सम्मान गरेको प्रति गुल्मी सेवा समाजलाई धन्यवाद प्रकट गर्दै समाज परिवर्तन का निम्ति र अरुलाइ सहयोग गर्न वैदेशिक रोजगारमा रहेका सबै नेपालीहरुको योगदानको जति गुणगान गाए पनि कम हुने बताए । साथै सम्मानले आफुलाई सामाजिक कार्यमा लाग्न अझ उर्जा थपेको बताए ।
लक्ष्मण अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रको संचालन सरस्वती पौडेलले रहेको थियो ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...