Tag: sancharpatra

फिल्म हलबाट नगर प्रहरी फिर्ता

फिल्म हलबाट नगर प्रहरी फिर्ता

Breaking news 1, ताजा अपडेट
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’ मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको थियो । ...

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

Breaking news 2, ताजा अपडेट
३२ जेठ, काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ ।साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् । ...
इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की

इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की

Breaking news 1
३२ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा उनले सो धारणा राखेका हुन् । ‘सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर अयो । त्यतिबेला मेरो आफ्नो इच्छा थिएन । तत्कालीन प्रधानन्यायाधीश ज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें’ उनले भने ।अहिले परिस्थितिबस र सौभाग्यबस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए ।२०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराए । २०४० सालमा कानु...
पशुपतिको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री

पशुपतिको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ । शनिवार आजकाे प्रतिनिधि सभा बैठकमा उहाँले पार्टीका सांसद लेखनाथ दाहालले याे प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको बताउनु भएकाे हाे । आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिनु भएको थियो।  प्रधानमन्त्री प्रचण्डले प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्काे रेकर्डबाट हटाउन सकिने बताउनु भयाे । उहाँले याे प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासन समेत दिनु ...
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

Breaking news 1, ताजा अपडेट, राेचक जानकरी, समाचार
काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् । जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमि...
युवासघद्वारा स्मृति दिवशमा खानेपानी बितरण ।।

युवासघद्वारा स्मृति दिवशमा खानेपानी बितरण ।।

Breaking news 2, ताजा अपडेट, स्थानीय
रुपन्देहीको बुटवल उपमहानगरपालिका वाड न ६ युवासघ वडा कमिटिले मदन भण्डारी र जिवराज आश्रीतको ३४ औ स्मृति दिवशको अबशरमा बुटबल ट्राफिक चोकमा निशुल्क खानेपानी( सर्बतपानी ) बितरण गरेको छ । युवाहरु समाज सेवा र उत्पादनमा जोडीई समाजको मार्गदर्शक बन्न्नु पर्छ भन्ने हुदेश्यले स्वर्गिय जननेताको योगदानलाई स्मरणगर्दै कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष अमित भन्डारीले बताए । नेकपा एमालेमा आस्थावान नेता कार्यक्रताहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रममा खानेपानी (सर्बत पानी )पिउनकोलागी सर्बसाधरणको उल्लेखनिय सहभागिता रहेको थियो ।बुटबलमा बढिरहेको अत्यधिक गर्मी र त्यसलाई छ्ल्नकोलागि सर्बतपानीले केही हद सहयोग गरेकोमा नागरिक खुसी देखिन्थे । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण पोख्रेल ,कृष्ण कुमाल,युवा सघ जिल्ला अध्यक्ष बिकाश जङ्ग बस्नेत , जिल्ला उपाध्यक्ष दिपक खड्की ,जिल्ला सदस्य अमित गुरुङ्ग...
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नस...
बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।चितवन-२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ । ...
आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

Breaking news 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डाै - आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको ...
मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

मर्भुङ्ग समाजद्वारा क्यालेन्डर बिमोचन,

विविध, समाचार, स्थानीय
चैत्र ३०, बुटबल नयाँ बर्ष २०८० सालको अबशर पारेर गुल्मी मर्भुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अबशरमा समाजको क्यालेन्डर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । गुल्मीको मर्भुङ्ग क्षेत्रबाट विभिन्न कामको शिलशिलामा रुपन्देहीको बुटबल आसपासमा बसोबास गर्ने दाजुभाई तथा दिदी बहिनिको सयुक्त पहलमा स्थापना गरिएको सस्थाले बिभिन्न शिर्जनशिल कृयाकलाप गर्दै आएको छ । एउटै भुगोलमा जन्म भएका दाजुभाई दिदिबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउन, भातृत्वलाई नजिक ल्याउन , एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा सामाजिक कृयाकलाप गर्नको लागि सस्था स्थापना गरिएको समाजका कोषाध्यक्ष किरण जि सिले जानकारी दिनु भएको छ ।बुधबार सम्पन्न सम्पन्न क्यालेन्डर बिमोचन कार्यक्रममा थानेश्वर अर्यालको अध्यक्षता तथा...