भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु


मुम्बई। भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको पुष्टी गरेका छन् । बसका चालक पनि बाँच्न सफल भएका छन । चालकका अनुसार अचानक बसको टायर पडके पछि बस पल्टिन गएको र त्यसैबिचमा आगलागी सुरु भएको थियो । 

रिपोर्टका अनुसार प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा  बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।  

यस्तो अवस्थामा गाडीमा सवार यात्रुहरु गाडीबाट बाहिर निस्कन पाएका छैनन् । दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा फैलिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाईएको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...