भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु


मुम्बई। भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको पुष्टी गरेका छन् । बसका चालक पनि बाँच्न सफल भएका छन । चालकका अनुसार अचानक बसको टायर पडके पछि बस पल्टिन गएको र त्यसैबिचमा आगलागी सुरु भएको थियो । 

रिपोर्टका अनुसार प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा  बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।  

यस्तो अवस्थामा गाडीमा सवार यात्रुहरु गाडीबाट बाहिर निस्कन पाएका छैनन् । दुर्घटनाका क्रममा बसबाट ठूलो मात्रामा डिजेल सडकमा फैलिएको पनि बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाईएको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...