दोलखामा पहिरो : ३ वर्षका बालकको ज्यान गयो, ३ जना बेपत्ता


काठमाण्डाै – दोलखामा पहिरोमा परेर तीन वर्षका एक बालकको ज्यान गएको छ । यस्तै पहिराेमा परेर तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी आउन सकेको छैन । तर पहिरोले पाँच घर बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ ।

यस्तै पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताउनुभयो ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...