सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा


२१ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ ।

आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।राजस्व अनुसन्धान विभागले आइतबारमात्र यो प्रकरणको सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । २ साउनमा विभागले त्रिभुवन विमानस्थलबाहिरबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।सो प्रकरणमा विभागले राजस्व चुहावट कसुरमा अनुसन्धान गरिरहेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...