जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न


गुल्मी, १९ साउन । नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिबराज आश्रितको ८० औ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए।

चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागेश्वर शर्माले कार्यक्रमलाई संबोधन गरेका थिए ।

बोल्ने अधिकांश बक्ताहरूले जिवराजले नेपालको कम्यूनिष्ठ आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्दै सबैको साझा नेताको रूपमा अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मन्चका सचीव चिरन अर्यालले गरेका थिए

छुटाउनुभयो कि ?

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...