जिबराज आश्रितको स्मृति सभा उहांको जन्म ठाउंमा सम्पन्न


गुल्मी, १९ साउन । नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिबराज आश्रितको ८० औ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए।

चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागेश्वर शर्माले कार्यक्रमलाई संबोधन गरेका थिए ।

बोल्ने अधिकांश बक्ताहरूले जिवराजले नेपालको कम्यूनिष्ठ आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्दै सबैको साझा नेताको रूपमा अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मन्चका सचीव चिरन अर्यालले गरेका थिए

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...