समाज

इमान्दार नेता र दलको समर्थन गर्नुपर्छ : नेताद्वय सिंह र केसी

इमान्दार नेता र दलको समर्थन गर्नुपर्छ : नेताद्वय सिंह र केसी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा(मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुरानो वा नयाँ व्यक्ति वा दलको होइन, इमान्दार नेता र दलको समर्थन हुनुपर्छ भन्ने विषय जोडदार उठाएका छन्। उनिहरूले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकतामा प्रश्न उठाएका छन् । उनिहरूले जनतासँग इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गरेका छन् । प्रगतिशिल पत्रकार संघले शुक्रबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति राख्दै महामन्त्री सिंहले देश अहिले गम्भीर राजनीतिक संकटको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष...
ओली र लेखकलाई तोकिएको स्थानहद विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

ओली र लेखकलाई तोकिएको स्थानहद विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी सरकारको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । कात्तिक १२ गते दर्ता गरिएको उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेका छन् ।जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसका आधारमा सरकारले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गरेको थियो । उनीहरूलाई सरकारी अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हद समेत तोकेको थियो । ...
तिन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण

तिन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँचालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो । योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ ।कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ । चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ । जस मध्ये आन्तरिकतर्...
पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।मेलाको तयारी बारे जानकारी गराउन विहिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गरे । गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको उनले बताए । कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँ...
तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजारले दिए राजीनामा

तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजारले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा...
रूपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

रूपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठालियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको भित्रीबाटोमा लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो । सो साइकल बुटवल–१६ की पार्वती चौधरीले चलाएकी थिइन् । ठक्करका कारण साइकलमा सवार उनकी छोरी कृति चौधरी (२ वर्ष) गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका थिए । घटना जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार, “प्रहरी टोली घटनास्थल पु...
माधव नेपालसहितका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

माधव नेपालसहितका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेशी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ ।अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गरेको र सो क्रममा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लागेको छ । ने...
प्रतिकूल मौसमका कारण आन्तरिक र बाह्य दुवै उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक र बाह्य दुवै उडान प्रभावित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई नयाँदिल्ली डाइभर्ट गरिएको छ । यस्तै, आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्बाध उडान–अवतरण हुन नसेकेको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुले...
संवादहीनता अन्त्य : सरकार, दल र जेनजीका एजेन्डा एउटै मञ्चमा

संवादहीनता अन्त्य : सरकार, दल र जेनजीका एजेन्डा एउटै मञ्चमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ२३–२४ भदौमा उत्पन्न परिस्थितिपछि राजनीतिक दल र जेन–जीबीच रहेको संवादहीनता अन्त्य भएको छ । आन्दोलनको डेढ महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच छलफल भएको हो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमाले नेता महेश बर्तौलाले सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क गर्दै प्रधानमन्त्री सुशीला कार्कीको पुरानो अभिव्यक्तिको प्रसंग उप्काएका थिए । २०७७ र ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा पूर्वप्रधानन्यायाधीश कार्कीले विज्ञप्ति नै निकालेर विरोध गरेकी थिइन् । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश प्रधानमन्त्री तथा मन्त्री हुँदा उठेका प्रश्नप्रति प्रधानमन्त्री कार्कीले असन्तुष्टि जनाएकी छन् । उनले भारतमा पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश मन्त्री र सांसद बनेको उदाहरण उल्लेख गर्दै नेपालमा असामान्य परिस्थ...
भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली महिला फुटबल टिमले भारतलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।पाल्जोर रंगशाला, सिक्किममा सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो । यसअघि ९० मिनेटसम्मको खेलमा नेपाल र भारतले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।यसअघि सम्पन्न औपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुवै देशले प्रमुख खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएका थिए । ...