तिन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण


काठमाडौँ
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो । योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ ।
कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ ।

चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ ।

जस मध्ये आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४. ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४. ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म एक खर्ब ९ र्ब ८९ करोड बराबर भुक्तानी भइसकेको उल्लेख छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...