रूपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु


बुटवल
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठालियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको भित्रीबाटोमा लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो । सो साइकल बुटवल–१६ की पार्वती चौधरीले चलाएकी थिइन् । ठक्करका कारण साइकलमा सवार उनकी छोरी कृति चौधरी (२ वर्ष) गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका थिए । घटना जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार, “प्रहरी टोली घटनास्थल पुग्नेबित्तिकै भिड नियन्त्रणमा लिइयो र गाडीमा थप क्षति हुन दिइएन ।” प्रहरीका अनुसार गाडीको केही भाग क्षतिग्रस्त र जलेको छ । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

बुधबार साँझ रुपन्देहीको बुटवल–१६ बैठालियामा दुर्घटनाग्रस्त माइक्रोबस । दुर्घटनापछि स्थानीयवासीले गाडीमा तोडफोड र आगजनी गरेका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...