इमान्दार नेता र दलको समर्थन गर्नुपर्छ : नेताद्वय सिंह र केसी


बुटवल
नेकपा(मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुरानो वा नयाँ व्यक्ति वा दलको होइन, इमान्दार नेता र दलको समर्थन हुनुपर्छ भन्ने विषय जोडदार उठाएका छन्। उनिहरूले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकतामा प्रश्न उठाएका छन् । उनिहरूले जनतासँग इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गरेका छन् ।

प्रगतिशिल पत्रकार संघले शुक्रबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति राख्दै महामन्त्री सिंहले देश अहिले गम्भीर राजनीतिक संकटको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष्कर्ष सार्वजनिक गर्दै भने-“देशमा फैलिएको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले जनतामा असन्तोषको विस्फोट निम्त्याएको छ ।” सिंहले भाद्र २३ गतेको जेनजी आन्दोलनमाथि सरकारले गरेको बल प्रयोगलाई “नरसंहार”काे शंज्ञा दिनुभयाे । उहाँले भन्नुभयाे- “ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको छ, त्यसको निष्पक्ष छानविन र कारबाही आवश्यक छ ।”

उनका अनुसार आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेनजी आन्दोलनका युवाहरूले होइन, बाह्य तत्त्वहरूले गराएका हुन् । उनले बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि भएको आक्रमणलाई पनि “पूर्वनियोजित षड्यन्त्र” भएको बताए । सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको आरोप लगाए । उनले भने-“अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ।” उनले दलाइ लामाको वक्तव्यलाई समेत त्यसको प्रमाणको रूपमा व्याख्या गरे ।

सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली ल्याउने सोचलाई “अधिनायकवादको ढोका खोल्ने” साेंचका रुपमा व्याख्या गरे । उजका अनुसार, “नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुर्‍याउँछ।” राजनीतिमा पुस्तान्तरणको प्रश्नमा सिंहले उमेरलाई मात्र आधार बनाउने सोच गलत भएको बताए । “नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारिता नै मुख्य मापदण्ड हुनुपर्छ,” उजले भने ।

सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भने-“देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छविका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार नेताको समर्थन हुनुपर्छ ।”-“जबसम्म भ्रष्ट तत्त्वहरू पैसा बाँडेर चुनाव जित्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म देशको विकास सम्भव छैन ।”
महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चालाई इमानदार र निष्कलङ्क पार्टीको रूपमा प्रस्तुत गरे ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...