संवादहीनता अन्त्य : सरकार, दल र जेनजीका एजेन्डा एउटै मञ्चमा


काठमाडौँ
२३–२४ भदौमा उत्पन्न परिस्थितिपछि राजनीतिक दल र जेन–जीबीच रहेको संवादहीनता अन्त्य भएको छ । आन्दोलनको डेढ महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमाले नेता महेश बर्तौलाले सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क गर्दै प्रधानमन्त्री सुशीला कार्कीको पुरानो अभिव्यक्तिको प्रसंग उप्काएका थिए । २०७७ र ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा पूर्वप्रधानन्यायाधीश कार्कीले विज्ञप्ति नै निकालेर विरोध गरेकी थिइन् ।

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश प्रधानमन्त्री तथा मन्त्री हुँदा उठेका प्रश्नप्रति प्रधानमन्त्री कार्कीले असन्तुष्टि जनाएकी छन् । उनले भारतमा पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश मन्त्री र सांसद बनेको उदाहरण उल्लेख गर्दै नेपालमा असामान्य परिस्थितिमा प्रधानमन्त्री र मन्त्री बन्दा किन प्रश्न उठेको भन्दै प्रतिप्रश्न गरिन् । कार्की पूर्वप्रधानन्यायाधीश हुन् भने कानुनमन्त्री अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश प्रधानमन्त्री तथा मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था उल्लेख गर्दै कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बुधबारबाटै उक्त रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बहससमेत सुरु भएको छ ।
प्रधानमन्त्री कार्कीले सरकारमाथि संवैधानिक प्रश्न उठेको विषयमा धारणा राख्दै उनले भनिन्, ‘यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद् विघटन भएको विषयमा पनि प्रश्न उठे । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन् । यहाँ यो असामान्य परिस्थिति हुँदा किन प्रश्न ? अचम्म छ ।’
प्रधानमन्त्री कार्कीको सचिवालयले दिएको जानकारीअनुसार पूर्वन्यायाधीश सिन्हाको प्रसंग पनि उठाएकी थिइन् । ‘उहाँ (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ । उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ,’ उनले भनेकी थिइन् ।
कार्कीले सरकारले राम्रो काम गरिरहेको र आगामी दिनमा पनि त्यस्ता काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कार्कीले भ्रष्टाचारका फाइन खोल्ने र दोषीलाई कारबाही गर्ने दाबी गरिन् । ‘हेर्दै जानुहोस्, हामीले के–के गर्दै छौं ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौं । कति त पक्राउ परिसकेका छन् । कतिलाई समात्दै छौं । यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौं,’ कार्कीको भनाइ थियो ।

सरकार चुनावकेन्द्रित रहेको पनि कार्कीले बताइन् । ‘हामी चुनावमा केन्द्रित छौं । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौं । कामको प्रगति विवरण लिन्छौं । समस्याहरू फुकाउन लागिपरेका छौं । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौं, आत्मविश्वास उठाउँदै छौं,’ कार्कीले राजनीतिक दलका नेताहरूलाई भनिन्, ‘प्रहरीको मनोबल पनि बढ्छ । भागेका कैदीबन्दीहरू पनि समातिन्छन् । ३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौं ? तर, हामी मनोबल उठाउन लागेका छौं, उठ्छ । किनकि, हामी सपार्ने दिशामा छौं ।’

बैठकमा जेन–जी प्रतिनिधिहरूले राजनीतिक दललाई निषेध नगरेको प्रस्ट पार्दै देशलाई निकास दिने विकल्प निर्वाचन मात्र भएकाले तयारीमा लाग्न अनुरोध गरे । ‘जेन–जी आन्दोलनले दलहरूको पहिलो पुस्ताको वैधता मात्र अन्त्य गरेको हो, राजनीतिक दलको होइन,’ जेन–जी अगुवा रिजन राना मगरले बैठकमा भने, ‘राजनीतिक रूपमा पुस्तान्तरण भए राजनीतिक दल र जेन–जीबाट समेत राम्रा मान्छेहरू निर्वाचित भएर आउनेछन् ।’

करिब ५ घण्टा चलेको बैठकमा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको अडान राखेको थियो भने अन्य दलले निर्वाचनमा जान तयार रहेको प्रस्ट पारेका थिए । ‘जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न निर्वाचन आवश्यक रहेको भन्दै सबैजसो दलले सहयोग गर्ने भनेका छन्,।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...