समाज

निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन्। मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ। देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ। प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ। उम्मेदवार छनो...
रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दीपु पोखरेलकाठमाडौं भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान आइतबार नेकपा एमालेका लागि केवल महाधिवेशन उद्घाटनस्थल मात्र रहेन, त्यो पार्टीको राजनीतिक पुनरुत्थानको मंच बन्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनआक्रोशको केन्द्रमा परेका दलहरूमध्ये पहिलोपटक ठूलो राजनीतिक जमघट गर्न सफल एमालेले त्यसै माध्यमबाट एउटा स्पष्ट सन्देश दियो- राजनीतिक दलहरूको जनाधार कमजोर भएको छैन।जेनजी आन्दोलनपछि रक्षात्मक बनेका दलहरूबीच महाधिवेशन गर्ने साहस एमालेले मात्रै देखायो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आन्दोलनका क्रममा बालुवाटारबाट हेलिकप्टरमार्फत बाहिरिनुपरेको घटनाले कार्यकर्ता तहमा निराशा फैलिएको थियो। त्यही पृष्ठभूमिमा हजारौं कार्यकर्तालाई एकै स्थानमा उभ्याउनु एमालेका लागि चुनौती थियो। यद्यपि उद्घाटनमा दुई लाख सहभागी उतार्ने दाबी पूरा नभए पनि ५० हजारको उपस्थितिले एमाले नेतृत्वलाई र...
मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमदिरा व्यवसायी संघ रुपन्देहीको १७औं साधारण सभा तथा नवौं अधिवेशनमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्पन्न भएको छ।बाबुराम ज्ञवालीको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय कार्यसमितिको पदस्थापन शनिबार बुटवलमा सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराईले निवर्तमान कार्यसमितीलाई वधाई साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै संस्थाको नेतृत्वमा सधैं एउटै व्यक्तिहरू रहि नरहने र रहंदा वा नरहंदा सधैं व्यवसाय र व्यवसायीको हकहितका लागि उत्तरदायित्व निर्वाह गर्नु पर्ने वताएका छन् ।रुपन्देही सक्रियताका कारण प्रदेशमै उत्कृष्ट रहेको वताएका छन्। उनले व्यवसायीका आवाज जिल्ला संघले, जिल्लाका प्रदेश महासंघले र प्रदेशका केन्द्रले सम्वोधन गरिरहेको र थप व्यवसाय र संघ सक्रिय हुंदा समग्र व्यवसायीहरूको हकहित हुने धारणा राखे।स...
रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दशरथ घिमिरे काठमाण्डौंनेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रिय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिनुभएको छ । अहिले पनि केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रति कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीले पार्टीभित्र उहाँप्रति भरोसा थपिएको छ । प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार आर्थिक संकटको रुपमै उभिएको थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकेको अवस्था, नीति–योजना अव्यवस्थित, जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र सुशासनप्रतिको अविश्वास बढिरहेको थियो । आचा...
जेनजी आन्दोलनमा ८४ अर्व ४५ करोडको भौतिक क्षति

जेनजी आन्दोलनमा ८४ अर्व ४५ करोडको भौतिक क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।बिहीबार समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उक्त पेस गरेको हो ।समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदनको सारांश प्रस्तुत गरे । मन्त्रिपरिषद्को निर्णयलेबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा असोज ५ गते उक्त समिति गठन भएको थियो । समितिले साढे २ महिनामा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार जेनजी आन्दोलनका क्रममा ५४ जिल्लाका २६२ स्थानीय तहमा क्षति भएको छ । त्यस्तै, ७७ जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछिका दिनमा २० जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएकोमा १७ जना १३ व...
एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्। एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ। भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्। यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संश...
म्यानमारको अस्पतालमा  सेनाको हवाइ आक्रमण, कम्तीमा ३४ जनाको मृत्यु

म्यानमारको अस्पतालमा सेनाको हवाइ आक्रमण, कम्तीमा ३४ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंबुधबार राति म्यानमार सेनाले देशको पश्चिममा रहेको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएको स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अस्पताल राखाइन राज्यको म्राउक-उ सहरमा रहेको छ, जुन क्षेत्र अराकान आर्मीको नियन्त्रणमा छ । यो देशको सैन्य शासनविरुद्ध लड्ने सबैभन्दा शक्तिशाली जातीय सेनामध्ये एक हो। २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको गृहयुद्धमा हजारौँको मृत्यु भइसकेको छ र लाखौँ विस्थापित भएका छन्। हालका महिनाहरूमा सेनाले जातीय सेनाबाट भूभाग पुनः कब्जा गर्न हवाई आक्रमण तीव्र पारेको छ। यसले शत्रुहरूलाई लक्षित गर्न पेराग्लाइडर प्रयोग गरेर बम पनि खसालेको छ। म्यानमार सेनाले यस आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। यो घटनाक्रम यस महिनाको अन्त्यतिर हुने पहिलो चुनावको तयारीकै बीचमा भएको हो।तर टेलिग्राममा रहेका सेनाप्रेमी ख...
राजनीतिक नेतृत्व : अब २ कार्यकालको सीमा राख्ने सहमति

राजनीतिक नेतृत्व : अब २ कार्यकालको सीमा राख्ने सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच निर्वाचन कानुन संशोधन गरेर राजनीतिक दलका अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था गर्ने सहमति भएको छ। प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच हस्ताक्षर भएको सम्झौतामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत कार्यकारी पदमा पनि दुई पूर्ण कार्यकालको सीमा राख्ने उल्लेख छ। हाल स्थानीय तहका प्रमुखलाई दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था छ ।प्रधानमन्त्री तथा मन्त्रीको पूर्ण कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । सम्झौतामा राजनीतिक दलले अनिवार्य प्राइमरी चुनावमार्फत उम्मेदवार छनोट गर्ने कानुनी व्यवस्था गर्न उल्लेख छ। साथै, केवल निर्वाचन प्रयोजनका लागि गरिने अस्वस्थ गठबन्धन रोक्न कानुनी प्रबन्ध मिलाउने सहमति भएको छ । अहिलेको कानुनले दुईभन्दा बढी दललाई एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न दिने व्यवस्था राखे पनि कु...
एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर अन्तर्गतको खेल हुदैछ । दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेर दोस्रो क्वालिफायर खेल्न लागेको हो ।लुम्बिनीबाट कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, दिलिपनाथ र सन्दीप जोरलगायतक खेलाडी रहेका छन् भने सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस जस्ता विदेशी खेलाडी रहेका छन् । ...
गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा स्वागत तथा सम्मान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले स्थायी वसोबास गुल्मी रहेका र रुपन्देहीमा विभिन्न पेशा, व्यवसायर सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गरेका व्यक्तिहरू लाई स्वागत तथा सम्मान गरेको छ।रुपन्देहीको तिलोत्तमा डिङ्गरनगरमा रहेको श्रृङ्गेश्वर धाममा बुधवार ३९ जना गुल्मेलीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।"बुझौं हाम्रो रीति र थिति , जोगाओँ हाम्रो गौरवमय संस्कृति "भन्ने मूलनारामा स्थापित समाजका अध्यक्ष नारायण प्रसाद पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केही समय अघि कार्यालय प्रमुखको जिम्मेवारी लिएका तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमराज भुसाल , जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद पन्थी, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित अध्यक्ष नेधिराम ज्ञवाली सहित १२ जना , उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल , रुपन्देही उद्योग संघका नवन...