अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन
काठमाडौंअर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् ।गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’
कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पूराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे । नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ, तर त्यसको अर्थ छाडापन होइन, नियमनकारी भूमिका पनि सशक्त रहन्छ ।’ भन्दै निजी क्षेत्रलाई भरोसा दिलाउने काम गरेका थिए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले ...








