महिला मन्त्रालयद्वारा पहुँचका आधारमा दिइने सबै अनुदान खारेज


काठमाडौं
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयले पहुँच र प्रभावका आधारमा वितरण गरिँदै आएका सम्पूर्ण अनुदानहरू खारेज गरेको घोषणा गरेकी छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री बादीले उक्त जानकारी दिएकी हुन् ।
विगतमा पहुँच र राजनीतिक वा प्रशासनिक प्रभावका आधारमा मन्त्रालयबाट अनुदान दिने विकृति रहेकाले त्यसलाई पूर्ण रूपमा हटाउन यस्तो निर्णय गरिएको मन्त्री बादीले स्पष्ट पारिन् ।

आगामी दिनमा बजेट विनियोजन गर्दा पहुँचलाई नभई न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकता दिइने उनको भनाइ थियो ।

बैठकमा मन्त्री बादीले मन्त्रालयको कार्यक्षेत्र र कार्यगत दायरा व्यापक भए तापनि सीमित स्रोत र साधन सधैँ मुख्य चुनौतीका रूपमा खडा भएको उल्लेख गरिन् ।

पर्याप्त बजेट र स्रोत–साधनको अभावकै कारण महिला तथा लक्षित वर्गले सोचेअनुरूपको उपलब्धि हासिल गर्न नसकेको तथ्य समेत उनले बैठकमा स्मरण गराइन् ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...