समाज

सांसदलाई रविको निर्देशन: भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्

सांसदलाई रविको निर्देशन: भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् । उनले अरू सबै छोडेर विधेयकहरूमा केन्द्रित हुन सुझाव दिए ।आज पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले समितिहरूमा क्यामरा देखेपछि यत्तिकै जोस आउने बताए ।उनले भने, ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’ आफ्नो बारेमा चर्चा भएको सबैलाई मन पर्ने र आफूमा पनि त्यो लोभ अलिकति रहेको उनको स्वीकारोक्ति थियो । लामिछानेले भने, ‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको...
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ: राष्ट्रपति पौडैल

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ: राष्ट्रपति पौडैल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरूपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उनले सुझाव दिए। राष्ट्रपति पौडेलले नेपाल...
कामु प्रधानन्यायाधीश सपना मल्लको सम्बोधनका १० हाइलाइट

कामु प्रधानन्यायाधीश सपना मल्लको सम्बोधनका १० हाइलाइट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश सिफारिसबारे बोलेकी छन्। शनिबार कानुन दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कामू प्रधानन्यायाधीश मल्लले घुमाउरो शैलीमा संवैधानिक परिषदले गरेको प्रधान्यायाधीश सिफारिसबारे बोलेकी हुन्। बिहीबार संवैधानिक परिषदले रोलक्रमअनुसार चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो।सरकारले कार्यक्षमताका आधारमा शर्मालाई सिफारिस गरिएको भनेको छ। कामू प्रधानन्यायाधीश मल्लले भने यसलाई न्यायपालिका र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्ने प्रयास हुनसक्ने भनेकी छन्। 'अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू, प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्याय पालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्...
अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको, राष्ट्रिय सञ्चार सम्मेलनमा पहिलो दिनको निश्कर्ष

अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको, राष्ट्रिय सञ्चार सम्मेलनमा पहिलो दिनको निश्कर्ष

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको पहिलो दिन शनिबारको बहसले अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको निश्कर्ष निकालेको छ।आज देखि बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको छ।जस अन्तर्गत पहिलो दिन शनिबार ३ वटा कार्यक्रम जसमा सञ्चार माध्यमका सञ्चालक संग सञ्चारमाध्यमका अवसर, चुनौती र समाधानका विषयमा वहस भएको छ।त्यसैगरी स्थानीय सरकारका जनप्रतिनिधिसंग स्थानीय सरकारको भूमिका, थप प्रभावकारी वनाउन आवश्यक योजनासंगै स्थानीयस्तरका सञ्चारमाध्यमलाई व्यवसायीक रुपमा सहयोग गर्...
होर्मुज स्ट्रेटमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

होर्मुज स्ट्रेटमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंमध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भएको गोली हानाहानका क्रममा एउटा भारतीय मालवाहक जहाज समुद्रमा डुबेको छ। घटनामा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको छ भने अन्य १७ जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतीय अनलाइन दैनिक ‘दैनिक भास्कर’का अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलायामा दर्ता गरिएको कार्गो जहाज ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ हो । उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो बोकेर जाँदै गरेको बेला समुद्री तनावको चपेटामा परेको बताइएको छ। दुर्घटनामा चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा रहेका अन्य १७ जनालाई भने उद्धार गरिएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिएका छन्। उनका अनुसार जहाजमा एक जना बन्दुकधारीसहि...
बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना

बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको आयोजना हुने भएको छ । बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहने महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । सम्मेलनमा विभिन्न ९ वटा विषयमा समुहगत छलफल (प्यानल डिस्कसन) हुने भएको छ । जस अन्तरगत पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समुहगत छलफल गरिने सचिव सीपी खनालले जानकारी दिए । तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्य बारे चुनौतिसहित अवसर बारेमा छलफल गरि निश्कर्ष ...
कम्बोडियामा रहेका २ सय ११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा

कम्बोडियामा रहेका २ सय ११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंकम्बोडियामा अवैध रूपमा रहेका २ सय ११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।आफूहरूलाई उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएका हुन् । बैंककस्थित नेपाली दूतावासले कम्बोडिया समेत हेर्ने गर्छ ।यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,” बैंककस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेको हुन् । “ट्राभल डकुमेन्ट आवश्यक रहेको भनी ७ मे २०२६ दिउँसो ४ बजेसम्म फाराम भरी विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरी कम्बोडिया पठाइसकिएको ...
सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।विस्थापित सुकुमबासी वा अव्यवस्थित बसोवासीहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन र थप प्रभावकारी कार्य गराउनु भन्दै निवेदनको टुङ्गो नलागेसम्मका लागि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको हाे।गोपाल रन पहेली, माजिद अन्सारीसहितले यही वैशाख ११ गते सुकुमबासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए। ...
भारतले फेरी भन्यो : लिपुलेकबाट कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ

भारतले फेरी भन्यो : लिपुलेकबाट कैलाश मानसरोवर यात्रा १९५४ देखि चलिरहेको छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंभारतले लिपुलेक बारे आफ्नो अडान दोहोराएको छ ।विहिबार साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकको विषय नयाँ नभएको बताउदै यस क्षेत्रबाट सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको दोहोराएका हुन् ।लिपुलेकको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएपछि यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति मार्फत एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको थियो । ...
आज विश्व रेडक्रस दिवस मनाईदै

आज विश्व रेडक्रस दिवस मनाईदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौआज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । यस बर्षको विश्व रेडक्रस दिवसको विषयवस्तु 'मानवतामा एकताबद्ध' भन्ने रहेको छ, जुन संकटको समयमा करुणाका साथ काम गर्ने स्वयंसेवक र कर्मचारीहरूको शक्तिमा केन्द्रित छ । यो विषयवस्तुले विभाजित संसारमा एकता, सामुदायिक लचिलोपन र मानवीय कार्यको संरक्षणमा जोड दिएको छ । नेपालमा रेडक्रस अभियानको एक अभिन्न अंकका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार ९३४ जुनियर तथा युवा सर्कल छन् । समुदायस्तरसम्म फैलिएका यी स...