ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान
काठमाडौंबनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थायी बसोबासको सुनिश्चितता नगरी अर्को होल्डिङ सेन्टरमा सार्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पहिले बस्ने ठाउँ वा जग्गाको टुंगो लगाइदिनुस्, त्यसपछि मात्रै होल्डिङ सेन्टर छोड्छौँ भन्ने अडान राखेका छन् ।
होल्डिङ सेन्टरमा बसिरहेकी कुन्तिमाया पुलामीले पटक–पटक ठाउँ सारिए पनि स्थायी समाधान भने नदिइएको बताइन् । उनका अनुसार राहत वितरण बन्द भएपछि ५ दिनसम्म उनीहरू भोकै बसेका थिए । त्यसपछि केही सहयोगीले खाद्यान्न उपलब्ध गराए पनि सरकारी निकायबाट आवश्यक चासो नदिइएको उनको गुनासो छ ।
उनले केही दिनअघि सरकारी टोली आएर आफूहरू पहिले नै होल्डिङ सेन्टर छाडिसकेको जानकारी प्राप्त भएको सुनाएको बारेमा वास्तविक अवस्था सम्बन्धित निकायसम्मसमेत नपुगेको आरोप लगाइन् । 'हामी य...








