समाज

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल  कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।  साइबर क्राइम मुद्दामा अध्यक्ष चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको हो ।  जिल्ला अदालत रुपन्देहीको पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका हुन् । पक्राउ परेका अध्यक्ष चौधरीमाथि बलात्कृत महिला तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा गत जेठ १ गते रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।  चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्य...
स्थानीय प्रशासनले ४५ दिनमा खाेल्याे हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा लगाएकाे ताला

स्थानीय प्रशासनले ४५ दिनमा खाेल्याे हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा लगाएकाे ताला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कार्यालयमा निर्वाचनको समयमा लगाएको ताला प्रशासनले फुटालेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेसनमा व्यवसायीहरुका बीचमा भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको थियो। संघले गत चैत २४ र २५ गतेको लागि अधिवेशनको मिति तय गरि निर्वाचन प्रक्रिया समेत अगाडी बढाएको थियो। तर, नेतृत्वका आकांक्षीहरु बिच राजनीतिक भागबण्डा नमिल्दा अधिवेशन प्रक्रिया रोकिएको थियो। संघमा कुल २१ पदका लागि नयां नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रुपमा भएको भद्र सहमती कार्यान्वयन नभएपछि विभिन्न समुहले संघको कार्यालयमा तालाबन्दी गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र समाजवादीसहित दलका नेता र ब्यवसायीहरु बसेर संघको अधिवेसनबाट नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको बताईएको थियो। कागजी रुपमा गरिएको सहमति...
मोबाइल वितरक संघको सिको गर्न लायक सामाजिक सक्रियता

मोबाइल वितरक संघको सिको गर्न लायक सामाजिक सक्रियता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल मोबाइल वितरक संघ लुम्बिनी प्रदेशले बुटवल ट्राफीक चोकमा चिसो फिल्टरपानी वितरण गरिरहेको छ। वैशाख र जेष्ठमा अत्याधिक गर्मी हुने भएकाले दुई महिना बाटोमा हिँड्ने लगायत सबैलाई चोकमा चिसो फिल्टर पानी वितरण गरेको हो। सेवाभावले पानी वितरण गरिएको मोबाइल वितरक संघका लुम्बिनी प्रदेश अध्यक्ष रुक्माङ्गत पाण्डेले बताए। संघले पानी वितरण मात्र नभएर गरिब ,असहाय ,जेहनदार र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृद्धि समेत प्रदान गरेको छ। जसमा यसपटक गुल्मी ,अर्घाखाँची, पाल्पा र रुपन्देहीका ९जना विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृद्धि प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल प्रधानले बताए। साथै संघले आइतबार अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको छ। रुक्माङ्गत पाण्डेको अध्यक्षतामा १० सदस्सिय कार्यसमिति चयन भएको छ। जसको वरिष्ठ उपाध्यक्षमा अनिल प्रधान, उपाध्यक्षमा एमएल पाण्डे, सचिवम...
सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः प्रधानमन्त्री

सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनूः प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।  सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहप्रति लक्ष्य गर्दै सधैं कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैं नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए।  कुनै अर्थ र महत्व नै नबुझ्नेहरूको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको बताए।  प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो! ...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा पूर्वाधार र कृषिलाई प्राथमिकता

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा पूर्वाधार र कृषिलाई प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ । नीति तथा कार्यक्रम अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने, प्रदेशलाई संस्थागत बनाउने कानुनी तथा जनशक्ति सम्बन्धी आधार तयार गर्ने र सबै जिल्लाको सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता दिने बताइएको छ । प्रदेशका सबै मन्त्रालय तथा निकायहरूको समन्वयात्मक परिचालनलाई बल दिइएको छ भने सुशासन, नागरिक मैत्री प्रशासन र सेवा प्रवाहमा व्यापक सुधार गर्ने लक्ष्य लिइएको छ । प्रविधिको प्...
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । ...
शिक्षा विधेयक उपसमितिले बुझायो प्रतिवेदन

शिक्षा विधेयक उपसमितिले बुझायो प्रतिवेदन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्वरबहादुर थापालाई उपसमितिको प्रतिवेदन हस्तान्तरण गरे । संयोजक विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार गरेको बताए । उनका अनुसार १०१ दफामा परिमार्जन गरिएको, १३ वटा नयाँ दफा थप गरिएको, ४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरूपमा टुङ्गोमा पुर्‍याइएको छ । दफावार छलफलका क्रममा उपसमितिमा निजी लगानीका विद्यालयहरूको नियमन र निश्चित समय तोकी गुठीमा रुपान्तरित हुने व्यवस्था लगायतका सन्दर्भ, प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय शिक्षाको अंग मान्ने र यसलाई दुई वर्षको बना...
सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर प्रयोग गर्न पनि चाहन्नौं । त्यसो हुँदा हाम्रो जस्तो विकाशसील देशहरूका निम्ति सफ्ट पावरहरू धेरै महत्वपूर्ण हुन्छ । त्यसभित्र संस्कृति, पर्यटन लगायत हुन्छन्, आफ्ना केही पहिचानहरू पनि पर्छन् । यसभित्र त्यो देशले खेल्न सक्ने भूमिका हुन्छन् । यी विभिन्न कुराले कूटनीतिमा सफ्ट पावरको, सौम्य शक्तिको भूमिका खेल्छन् । एक किसिमले भन्ने हो भने, नेपाल सबैका निम्ति स्वीकार्य देश हो । हाम्रो कसैसँग वैमनश्य छैन, कसैसँग कटुता छैन । जतिबेला म परराष्ट्रमन्त्री थिएँ, त्यसबेला सरकार...
दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

दुई मन्त्रीको द्वन्द्वले तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाज, सम्पादकिय
पोखरा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा भएका हुन् । गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजु...
मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

मदन भण्डारीले ३२ वर्षअघि प्रस्ताव गरेको नेपाली क्रान्तिको कार्यक्रम-जनताको बहुदलीय जनवाद (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
मदन भण्डारीको बिचार जवजको यथार्थ दस्तावेज मदन भण्डारी र जीवनराज आश्रितको ३२औं स्मृति दिवसको अवसर पारेर आज २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट पारित दस्तावेज प्रस्तुत गरिएको छ । नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु जरुरी छ । सामन्तवाद र साम्राज्यवादको शोषण-उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास स...