स्थानीय प्रशासनले ४५ दिनमा खाेल्याे हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा लगाएकाे ताला


बुटवल

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कार्यालयमा निर्वाचनको समयमा लगाएको ताला प्रशासनले फुटालेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेसनमा व्यवसायीहरुका बीचमा भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको थियो।

संघले गत चैत २४ र २५ गतेको लागि अधिवेशनको मिति तय गरि निर्वाचन प्रक्रिया समेत अगाडी बढाएको थियो। तर, नेतृत्वका आकांक्षीहरु बिच राजनीतिक भागबण्डा नमिल्दा अधिवेशन प्रक्रिया रोकिएको थियो। संघमा कुल २१ पदका लागि नयां नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रुपमा भएको भद्र सहमती कार्यान्वयन नभएपछि विभिन्न समुहले संघको कार्यालयमा तालाबन्दी गरेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र समाजवादीसहित दलका नेता र ब्यवसायीहरु बसेर संघको अधिवेसनबाट नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको बताईएको थियो। कागजी रुपमा गरिएको सहमति अनुसार चैत १९ गते उम्मेवारी दर्ताको क्रममा एकपक्षले सहमति विपरित उम्मेदबारी दर्ता गरेको भन्दै अर्को पक्षले कार्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दी गरेपछि संघको अधिवेशन नै अन्योलमा परेको थियो। कार्यालय र निर्वाचन समितिको कक्षमा तालाबन्दी गरेपछि निर्वाचन समितिले अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया स्थगित भएको सुचना टांस गरेको थियो।

निर्वाचन प्रक्रिया समेत अगाढी बढेको अवस्थामा डेढ महिना बढि भएको तालाबन्दीलाई स्थानीय प्रशासनले मंगलबार फुटालिदिएको हो। रुपन्देहीको ठूलो मध्येमा पर्ने संघमा हाल ९ सय २२ जना सदस्यहरु आवद्ध छन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...