स्थानीय प्रशासनले ४५ दिनमा खाेल्याे हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा लगाएकाे ताला


बुटवल

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको कार्यालयमा निर्वाचनको समयमा लगाएको ताला प्रशासनले फुटालेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेसनमा व्यवसायीहरुका बीचमा भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको थियो।

संघले गत चैत २४ र २५ गतेको लागि अधिवेशनको मिति तय गरि निर्वाचन प्रक्रिया समेत अगाडी बढाएको थियो। तर, नेतृत्वका आकांक्षीहरु बिच राजनीतिक भागबण्डा नमिल्दा अधिवेशन प्रक्रिया रोकिएको थियो। संघमा कुल २१ पदका लागि नयां नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रुपमा भएको भद्र सहमती कार्यान्वयन नभएपछि विभिन्न समुहले संघको कार्यालयमा तालाबन्दी गरेका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र समाजवादीसहित दलका नेता र ब्यवसायीहरु बसेर संघको अधिवेसनबाट नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको बताईएको थियो। कागजी रुपमा गरिएको सहमति अनुसार चैत १९ गते उम्मेवारी दर्ताको क्रममा एकपक्षले सहमति विपरित उम्मेदबारी दर्ता गरेको भन्दै अर्को पक्षले कार्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दी गरेपछि संघको अधिवेशन नै अन्योलमा परेको थियो। कार्यालय र निर्वाचन समितिको कक्षमा तालाबन्दी गरेपछि निर्वाचन समितिले अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया स्थगित भएको सुचना टांस गरेको थियो।

निर्वाचन प्रक्रिया समेत अगाढी बढेको अवस्थामा डेढ महिना बढि भएको तालाबन्दीलाई स्थानीय प्रशासनले मंगलबार फुटालिदिएको हो। रुपन्देहीको ठूलो मध्येमा पर्ने संघमा हाल ९ सय २२ जना सदस्यहरु आवद्ध छन् ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...