मोबाइल वितरक संघको सिको गर्न लायक सामाजिक सक्रियता


बुटवल

नेपाल मोबाइल वितरक संघ लुम्बिनी प्रदेशले बुटवल ट्राफीक चोकमा चिसो फिल्टरपानी वितरण गरिरहेको छ। वैशाख र जेष्ठमा अत्याधिक गर्मी हुने भएकाले दुई महिना बाटोमा हिँड्ने लगायत सबैलाई चोकमा चिसो फिल्टर पानी वितरण गरेको हो।

सेवाभावले पानी वितरण गरिएको मोबाइल वितरक संघका लुम्बिनी प्रदेश अध्यक्ष रुक्माङ्गत पाण्डेले बताए। संघले पानी वितरण मात्र नभएर गरिब ,असहाय ,जेहनदार र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृद्धि समेत प्रदान गरेको छ।

जसमा यसपटक गुल्मी ,अर्घाखाँची, पाल्पा र रुपन्देहीका ९जना विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृद्धि प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल प्रधानले बताए।

साथै संघले आइतबार अधिवेशन तथा साधारण सभा सम्पन्न गरेको छ। रुक्माङ्गत पाण्डेको अध्यक्षतामा १० सदस्सिय कार्यसमिति चयन भएको छ। जसको वरिष्ठ उपाध्यक्षमा अनिल प्रधान, उपाध्यक्षमा एमएल पाण्डे, सचिवमा संकल्प श्रेष्ठ ,कोषाध्यक्षमा प्रदीप गैरे तथा सदस्यहरूमा मनोज लाकोल ,सुरेन्द्रमान भारी ,आशिष श्रेष्ठ, सन्देश ध्वजु ,अरुण गुप्ता चयन भएका छन्।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...