समाज

बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनीमा जेष्ठ १६ र १७ गते सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा वक्ता तथा सहभागीहरूले आजभन्दा २५६९ वर्ष पहिलानै महामानव सिद्धार्थ गौतम बुद्धले राजदरबारको सुखसयल छाडि आम मानिसको मनोभावनालाई सम्बोधन गर्ने गरी दिव्य उपदेश र आफ्नो आचरण मार्फत भौतिक सुखसयल मात्र जीवनको खुसी नभई आत्मज्ञानले खुसी र शान्ति प्राप्त हुने समाजवादका अवधारणा विकसित गरेको धारणा राखेका छन् । सम्मेलनबाट लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटनको लागि प्रदेशस्तरीय एकीकृत पर्यटन सम्बन्धी कार्यविधि तर्जुमा गरिने भएको छ।शनिवार सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा ७ बुँदे सामुहिक प्रतिबद्धता जनाउँदै स्थानिय तथ्य र ज्ञानमा आधारित भइ गुणस्तरीय पर्यटनमा जोड दिइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा शुक्रबारबाट दुई दिने शिखर सम...
१८ वर्षअघि यसरी पुगेथ्यौं गणतन्त्रमा

१८ वर्षअघि यसरी पुगेथ्यौं गणतन्त्रमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
वंशानुगत श्रेष्ठताको मान्यता आफैमा एउटा सामन्ती र मध्ययुगीन मान्यता हो । त्यसमाथि, निश्चित वंशमा जन्मेकै कारणले मात्र, बिना कुनै जनअनुमोदन र बिना कुनै सम्परीक्षण अमुक व्यक्ति शासक हुने हक राख्छ र त्यस देशका जनताले उसबाट शासित हुन तयार हुनुपर्छ भन्ने सोच आफैमा असान्दर्भिक, अलोकतान्त्रिक र अनुचित सोच हो । यस्तो सामन्ती प्रणालीका विरुद्ध १७८९ मा फ्रान्सेली गणतन्त्रवादीहरुले पहिलो चोटी व्यवस्थित र योजनाबद्ध क्रान्ति अगाडि बढाएका थिए । उनीहरुले ‘स्वतन्त्रता, समानता र भाइचारा’ को नवीन मान्यता प्रस्तुत गरेका थिए । सामन्ती राजाहरुका विरुद्ध त्यसभन्दा अगाडि पनि आन्दोलन भएका थिए, तर फ्रान्सेली क्रान्तिले स्थापना गरेका मूल्यहरु कालान्तरमा लोकतन्त्रका मानक बन्न पुगे । त्यसकै प्रेरणाबाट गणतन्त्रको विश्वव्यापी लहर अगाडि बढ्यो र आज संसारका अधिकांश देशहरुले गणतान्त्रिक शासन पद्धति अवलम्बन गरेका...
अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ । बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो। अदालतले सफाई पाएको पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए। यता,उच्च सरकारी वकिल कार्यालय, वीरगन्जले भने आलम बिरूद्ध प्रर्याप्त प्रमाण भएकाले उच्चको फैसला बिरूद्ध सर्बोच्च अदालतमा पुन: मुद्धा गर्ने जनाएको छ । ...
आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई  स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण र...
राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल मा एक महिलासहित दुई बालिकाको हत्या गरेका सुजन कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए।  पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी। सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। बुवाआमा प्रभासमा बस्दै आए पनि उनका दुई दाजुहरू पनि बुटवलमा बस्थे। सोही क्रममा आर्थिक विषयमा सुजनको दाजु सुदिपसँग विवाद भएपछि उनले दाजुको हत्या गर्छन्। असोजमा विवाह गरेका सुजनले सोही वर्ष पुस २३ गते २५ वर्षीय दाजुको वीभत्स रूपमा हत्या गरेपछि दाजु सम्पर्कविहीन रहेकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।  सुजनको निवेदनपछि सुदिपको खोजी सुरू गरेको प्र...
विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्। सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइ...
बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.मा पहिलो पटक एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण (टोटल नी रिप्लेसमेन्ट) गरिएको छ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा गरिएको उक्त शल्यक्रिया बुटवल क्षेत्रमा पहिलो भएको चिकित्सकहरुको दाबी छ। गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियामा बस्दै आएकी ५३ वर्षीया पुर्णकला सोमैको शल्यक्रिया विगत केही समयदेखि घुंडाको जोर्नी खिइने गम्भीर समस्या (अस्टिओआर्थराइटिस)का कारण गरिएको हो। घुँडामा अत्यधिक पीडा हुनुका साथै जोर्नी बाङ्गिएको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी उनीले बुटवल हस्पिटलमा उपचार सम्भव हुने थाहा पाएपछि त्यहीं उपचार गराउने निर्णय गरेकी थिइन्।डा. रेग्मी नेतृत्वको टिमले विश्वप्रसिद्ध अमेरिकन कम्पनी ‘म्याक्स’को कृत्रिम जोर्नी प्रयोग गरेर विग्रिएको जोर्नी हटाई नयाँ जोर्नी प्रत्यारोपण गरेको हो। शल्यक्रिया सम्पन्न भएको...
वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्ष मा भत्ता दिइँदै आएको छ । त्यस्तै लोपोन्मुख आदिवासी जनजाति, पूर्ण तथा अति अशक्त अपाङ्गतालाई पनि मासिक भत्ता दिइन्छ । कार्ययोजना अनुसार भत्ताका लागि राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरिने छ । यसको कार्यान्वयनको समय सीमा एक वर्ष तोकिएको छ । यस्तै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने समेत कार्ययोजनामा उल्लेख छ । सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको तया...
अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ...
काठमाडौं महानगरमा सीप मेला सुरु हुँदै : ३५ सयभन्दा बढीको आवेदन

काठमाडौं महानगरमा सीप मेला सुरु हुँदै : ३५ सयभन्दा बढीको आवेदन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सुरु गर्ने सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ । ३० दिनसम्म सञ्चालन हुने विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिमका लागि आइतबारसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन परेको महानगरले जानकारी दिएको छ । महानगरले सीप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा थप गरेर १२ वटा बनाइएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौ...