बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण


बुटवल

बुटवल हस्पिटल प्रा.लि.मा पहिलो पटक एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण (टोटल नी रिप्लेसमेन्ट) गरिएको छ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा गरिएको उक्त शल्यक्रिया बुटवल क्षेत्रमा पहिलो भएको चिकित्सकहरुको दाबी छ।

गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियामा बस्दै आएकी ५३ वर्षीया पुर्णकला सोमैको शल्यक्रिया विगत केही समयदेखि घुंडाको जोर्नी खिइने गम्भीर समस्या (अस्टिओआर्थराइटिस)का कारण गरिएको हो। घुँडामा अत्यधिक पीडा हुनुका साथै जोर्नी बाङ्गिएको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी उनीले बुटवल हस्पिटलमा उपचार सम्भव हुने थाहा पाएपछि त्यहीं उपचार गराउने निर्णय गरेकी थिइन्।

डा. रेग्मी नेतृत्वको टिमले विश्वप्रसिद्ध अमेरिकन कम्पनी ‘म्याक्स’को कृत्रिम जोर्नी प्रयोग गरेर विग्रिएको जोर्नी हटाई नयाँ जोर्नी प्रत्यारोपण गरेको हो। शल्यक्रिया सम्पन्न भएको पाँच दिनभित्रै पुर्णकला सामान्य सहारामा हिँडडुल गर्न सक्ने भएकी छन्।

उनका श्रीमान् भुवन सिंहका अनुसार अस्पतालबाट डिस्चार्ज हुँदा नै उनी सामान्य रूपमा हिँड्न थालेकी थिइन्। आफू पहिलेको अवस्थामा फर्किएको अनुभूति व्यक्त गर्दै पुर्णकलाले भनिन्, “पहिला त लाग्थ्यो अब जीवनभर यसरी नै कुजिएर बस्नुपर्छ कि क्या हो। तर बुटवल हस्पिटलमा उपचार गरेपछि म त मानौं नयाँ जन्म लिएँ।”

शल्यक्रिया टिममा डा. रेग्मीसँगै डा. समिर उल्लाह, डा. दिपेन्द्र यादव तथा एनेस्थेसियोलोजिस्ट डा. प्रल्हाद अधिकारी थिए। डा. रेग्मीले जोर्नीसम्बन्धी विशेष तालिम (फेलोसिप) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट प्राप्त गरेका छन्।

दुवै घुंडाको एकैपटक गरिएको यो अप्रेसन बुटवलमै पहिलोपटक गरिएको उल्लेख गर्दै डा. रेग्मीले यस क्रममा काठमाडौंका केही वरिष्ठ चिकित्सकसँग पनि सहकार्य गरिएको बताए। उनका अनुसार आगामी दिनमा यस्ता शल्यक्रियाका लागि अस्पतालभित्रकै टिमलाई पूर्ण रूपमा सक्षम बनाउने तयारी भइरहेको छ।

यो प्रकारको कृत्रिम जोर्नी प्रत्यारोपण (इम्प्लान्ट) काठमाडौंको तुलनामा सस्तो दरमा बुटवलमै गर्न सकिने अवस्था आएको बताउँदै बुटवल हस्पिटल प्रा.लिका अध्यक्ष चुन्न प्रसाद पौडेलले भने, “यदि सरकार वा सरोकारवाला निकायले सहयोग गरेमा यस किसिमको शल्यक्रिया आर्थिक रूपमा कमजोर बिरामीका लागि जीवनदान सावित हुन सक्छ।”

उनले थपे, “बुटवलमा यस्ता अत्याधुनिक र जटिल शल्यक्रिया सम्भव भएपछि बिरामीहरूलाई अब महँगो खर्चमा काठमाडौं वा भारत जानुपर्ने अवस्थाको अन्त्य भएको छ।”

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...